फुङ्लिङ नगरपालिकामा सामी कार्यक्रम सुरु



ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं भन्ने नारासहित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुरु गरेको छ । सामी/हेल्भेटास कार्यक्रमका अधिकृत रोहित विश्वकर्माका अनुसार स्वीस सरकारको सहयोगमा सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयनमा रहेको कार्यक्रम फुङ्लिङ नगरपालिकाले पनि सुरु गरेको हो । 

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबारे जानकारी दिन फुङ्लिङ नगरपालिकाले शुक्रबार आयोजना गरेको मिडिया तथा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा यस बारे जानकारी गराइएको छ । वैदेशिक रोजगारीमा जानेहरूलाई मनोसामाजिक परामर्शसहित अन्य सहयोग गर्नेगरी कार्यक्रम सुरु भएको अधिकृत विश्वकर्माले बताउनुभयो । 

कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले सकेसम्म स्वदेशमै रोजगारी गर्ने वातावरणका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो। हालसम्म बाध्यात्मक परिस्थिति र अन्य कारणले वैदेशिक रोजगारीमा जान चाहनेलाई मनोसामाजिक परामर्श दिन आवश्यक रहेकाले सामी कार्यक्रमका लागि नगरपालिकाले साझेदारी गरेको प्रमुख मादेनले बताउनुभयो। उहाँले वैदेशिक रोजगारीमा जानेलाई मनोसामाजिक परामर्श दिने कार्यमा नगरपालिकाले कमी हुन नदिने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडाध्यक्षसहितका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । फुङ्लिङ नगरपालिकाबाट कार्यान्वयनमा आएको सामी कार्यक्रम जिल्लाका अन्य पाँच स्थानीय तहमा विस्तार हुने प्रक्रियामा रहेको पनि कार्यक्रम अधिकृत विश्वकर्माले जानकारी दिनुभयो ।

यस्तै वैदेशिक रोजगारीमा गएका ताप्लेजुङका बाह्र जनाले ज्यान गएका छन् । पछिल्लो अढाइ वर्ष (दुई वर्ष छ महिना) को अवधिमा उक्त सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका यहाँका नागरिकले ज्यान गुमाएका हुन् । कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार वैदेशिक रोजगारीमा गएका १२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सो अवधिमा वैदेशिक रोजगारीमा गएका सात जना अङ्गभङ्ग अर्थात घाइते भएका छन् ।

प्रकाशित मिति : 11:39 am

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश

ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग