फुङलिङ नगरपालिका ६ मा भाषणकला तालिम सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ६ मा बैशाख १४ गते देखि सञ्चालित उद्घोषण तथा भाषणकला सम्वन्धी तालिम शनिवार सकिएको छ । तालिमको समापन गर्दै नगरप्रमुख अमिर मादेनले वालकता नेतृत्व विकासको आधार भएकोले प्राप्त सीपको उपयोगमा सहभागी प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ (तेज) ले प्राप्त भएको ज्ञान र सीपको उपयोगितमा दतचित्त भए नगर कार्यपालिका र वडापालिकाकोतर्फबाट पुर्नताजकी तालिम सञ्चालनका लागि आफु अग्रसर हुने बताउनुभयो । वडा नं. ६ का वडासदस्य तथा तालिमका सहभागी सीता लावुङले तालिमबाट आफुले धेरै बिषयको ज्ञान पाएको र यसले नेतृत्वकलाको विकासमा सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

तालिमका प्रशिक्षक तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले तालिमका सहभागीको प्रस्तुति र प्रगति दुबैबाट आफु उत्साहित र प्रशंसित भएको बताउनुभयो । आयोजक हिमाली ग्रामीण विकास समूहका अध्यक्ष हर्कराज गुरुङले तालिमको उपलब्धीको उपयोगमा सहभागीले सम्बेदनशिल बन्नुपर्ने बताउनुभयो ।

तालिमका सहभागीकोतर्फबाट रमेश गुरुङ,ममता गुरुङ,सरीता गुरुङ,चारोती लिम्बू र इक्सा लिम्बूले बोल्नु भएको थियो भने सहभागीकैतर्फबाट मञ्जु बस्नेतले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा फुनपा–६ का वडासचिव रनकुमार विक,हिमाली ग्रामीण विकास समूहका उपाध्यक्ष पूर्ण गुरुङ, सचिव मानबहादुर गुरुङ सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार २१:५०

मैवाखोलामा पहिरोले दुई घर पु¥यो, दुई वेपत्ता

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा पहिरो खस्दा दुई घर

ताप्लेजुङमा नगरपालिका र तीन पार्टी कार्यालयमा तोडफोड

रेडियो काबेलीताप्लेजुङ । आन्दोलनरत समूहले फुङलिङ नगरपालिकामा तोडफोड र आगजनी

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी

जेनजी प्रदर्शन : कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट

फक्ताङलुङ गाउँपालिकाद्धारा मंगलबार शोक विदा

रेडियो काबेलीताप्लेजुङ । सोमबार काठमाडौंमा भएको नयाँ युवापुस्ता (जेनजी) हरुको