पाथीभरा पदमार्गमा भक्तजनको सहजताका लागि नेपाल प्रहरी फलैँचा पुनःनिर्माण




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरा जाने पदमार्गमा रहेको नेपाल प्रहरी फलैँचाको पुन निर्माण गरिएको छ । दर्शनका लागि आउने भक्तजनको सहजताको लागि जिर्ण बनेको फलैँचाको पुननिर्माण गरिएको हो । पाथीभरा क्षेत्र विकास समिति, सिम्बु सामुदायिक वन उपभोक्ता समुह ताप्लेजुङ र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमख रवि रावलको सक्रियतामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त फलैँचा बनाईको हो ।


३ हजार ६ सय ५० मिटर उचाईमा पनुः निर्माण गरिएको फलैँचाको प्रहरी प्रमुख रावलले आईतबार उद्धघाटन गर्नुभएको छ । उद्धघाटनसँगै प्रहरी प्रमुख रावलले फलैँचा पुननिर्माणका लागि सहजिकरण गर्ने पाथीभरा क्षेत्र विकासका कर्मचारी समेत रहनुभएका राजेन्द्र महतलाई सम्मान पत्रले सम्मान समेत गर्नुभयो । त्यस सँगै पाथीभरा क्षेत्र विकास समिती र जिल्ला प्रहरी कार्यालयका कर्मचारीले फलैँचाको वरिपरि लौठ सल्लाको वृक्षरोपण समेत गर्नुभयो ।

प्रकाशित मिति : 7:57 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम