कञ्चनजङ्घा साहसिक हाफ म्याराथनको उपाधी अर्जुन कुलुङलाई




रेडियो काबेली
ताप्लेजुङ । कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बुका अर्जुन कुलुङले चुम्नु भएको छ । उहाँले निर्धारित दुरी दुई घण्टा ६ मिनेट २५ सेकेन्डमा पुरा गर्दै कुलुङले उपााधी चुम्नु भएको हो । उपाधी सँगै उहाँले २ लाख ८ हजार ५ सय ८६ रुपैँया सहित प्रमाणपत्र प्राप्त गर्नुभएको सहकर्मी साहारा लिम्बुले जानकारी दिनुभयो ।


यस्तै निर्धारित दुरी २ घण्टा ६ मिनेट ४६ सेकेन्डमा पुरा गर्दै जुम्लाका धिरज बहादुर बुुढा मगर द्धितिय बन्नु भएको छ । उहाँले १ लाख ८ हजार ५ सय ८६ रुपैँया सहित प्रमाणपत्र प्राप्त गर्नुभयो । निर्धारित दुरी दुई घण्टा दश मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै ताप्लेजुङका बिबिसन लिम्बू तृतिया बन्नु भएको छ । लिम्बुले ५८ हजार ५ सय ८६ रुपैँया सहित प्रमाण पत्र प्राप्त गर्नुभयो ।

प्रतियोगीतामा चौँथो देखि दशौं स्थानसम्म आइपुग्ने धाबकलाई नगद ८ हजार ५ सय ८६ रुपैँया सहित प्रमाण पत्र प्रदान गारिएको महोत्सव मुल आयोजक समितिका संयोजक तथा पालिका उपाध्यक्ष डाक्टर चित्र कुमार माबोले जानकारी दिनुभयो । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनङ्घा हिमालमा पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले गत १३ गतेदेखी महोत्सव गरेको हो भने उक्त महोत्सवमा सोमबार (आज) म्याराथन प्रतियोगिता गरिएको हो । प्रतियोगिता गाउँपालिकाको वडा नं. ८ याम्फुदिनस्थित नयाँ झोरेनी देखी दुण्डु डाँडा सम्म गरिएको थियो ।

प्रकाशित मिति : 6:39 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर