पाथीभरा गाडी दुर्घटनाः घाईते दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो




ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गर्दा विद्युतको तार लागेर बोलेरो गाडीमा आगलागि भई घाईते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।
सोमबार (आज) बिहान पाथीरभरा दर्शनका लागि जाँदै गरेको मे १ जे ३०११ नम्बरको बोलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँद घाईते हुुनु भएका ललितपुरका वर्ष ४५ की सविना आचार्य र वर्ष १० का अभियम आचार्यलाई थप उपचारका लागि अन्नपुर्ण एअर लाईनसको नाईन एन एएनयु हेलिकप्टर मार्फत काठमाडौं लगिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । घाईते सविना र छोरा अभियमलाई लिन काठमाडौंबाट हेम्स अस्पतालका दुई विशेषज्ञ चिकित्सक आएको र हेम्स अस्पताल नै लगिने बताईएको छ । मृतक छोरी १६ वर्षीय आध्या आचार्यलाई पनि काठमाडौं लाने भनिएपनि हेलिकम्परमा क्षमता नभएका कारण नलगिएको बताईएको छ ।


सविनाका बुबा आमा झापा जिल्लाको भद्रपुर नगरपालिका १५ का वर्ष ७० का विनोद पौडेल र वर्ष ६९ की सरिता पौडेलको शव बुझ्न आफन्त ताप्लेजुङ आउँदै रहेको बताईएको छ । शब जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाईने प्रहरीको भनाई छ ।
आज विहान बिद्युतको तारबाट गाडीमा आगलागी भई दुर्घटना हुँदा ताप्लेजुङको फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा भट्टराईको पनि ज्यान गएको छ । प्रहरीका अनुसार ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा हाई टेन्सनको बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा दुर्घटना भएको बताईएको छ ।

प्रकाशित मिति : 11:13 am

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान