११ वर्षदेखि फरार रहेका ताप्लेजुङका एक जना पक्राउ



ताप्लेजुङ । विगत एघार वर्षदेखि फरार रहेका ताप्लेजुङका एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी उद्योग, चोरी र ज्यान मार्ने उद्योग मुद्दामा कैद र जरिवाना भएका अभियुक्त एघार वर्ष पछि पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नम्बर एक सावादिन घर भई हाल झापा दमक नगरपालिकामा बसोबास गर्दै आएका ४४ वर्षका उत्तरे भन्ने तेज कुमार लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार अभियुक्त लिम्बूले वि.सं. २०७० साल माघ सात गते साँझको समयमा खुकुरी बोकेर ताप्लेजुङकै तत्काल वर्ष ३६ की महिलाको घरमा गएर अलैँची बिक्री गरेर राखेको एक लाख चोरी गरि पीडितलाई मार्ने सम्मको धक्की दिई जबरजस्ती करणी गर्न खोजेका थिए । 

तत्काल घटनास्थलमा पीडितको देवर उपस्थित हुँदा लिम्बूले देवरलाई समेत मार्ने उद्देश्यले खुकुरी प्रहार गरी घाईते बनाई फरार भएका थिए । फरार रहेका लिम्बूलाई जिल्ला अदालत ताप्लेजुङले जबरजस्ती करणी उद्योग र चोरी मुद्दामा वि।सं। २०७६ साल जेठ २८ गते ६ वर्ष ६ महिना कैद र दुई लाख बीस हजार जरिवानाको फैसाला गरेको थियो । यस्तै सोही दिन ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैदको फैसाला पनि गरेको थियो । 

फरार रहेका लिम्बू कतार, मलेसिया र झापा जिल्लाको विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएका थिए । उनलाई खोजी गर्ने क्रममा चार/पाँच दिन अगाडि ताप्लेजुङ आएको भन्ने गोप्य सूचनाका आधारमा शनिबार फक्ताङलुङ गाउँपालिकाको सावादिनबाट पक्राउ गरी कैद र जरिवानाका लागि जिल्ला अदालत ताप्लेजुङमा पेश गरिएको हो । 

उनलाई शनिबार नै बाँकी कैद र जरिवाना भुक्तानीको लागि जिल्ला कारागार ताप्लेजुङमा पठाइएको प्रहरी निरीक्षक बस्नेतको भनाई छ । यस्तै लिम्बूलाई पक्राउ गर्न खटिएका पाँच जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १५:३९

ताप्लेजुङमा तमोर नदीले बगाएर बालिका बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदीले बगाएर एक बालिका बेपत्ता भएका

वातावरण दिवस : ताप्लेजुङमा वृक्षरोपण सहित विभिन्न कार्यक्रम गरि मनाइयो

रेडियो काबेली  ताप्लेजुङमा । ताप्लेजुङमा पनि ५३ औँ विश्व वातावरण

ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु 

ताप्लेजुङ । ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ

हिलिहाङमा सांस्कृतिक सम्मेलन सम्पन्न

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ।

खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा युवकलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा