वाईसिएल फुङलिङ नगर अध्यक्षमा भुपाल मादेन




रेडियो काबेली
ताप्लेजुङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसिए) को फुङलिङ नगरपालिकाको अध्यक्षमा भुपाल मादेन चयन हुनुभएको छ । शनिबार भएको तेस्रो नगर अधिवेशनले लिम्बुलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै समितीको उपाध्यक्षमा सन्तोष गुरुङ, मञ्जुल निरौला र सल्मा गुरुङ, सचिवमा भगिमान लिम्बु, सह–सचिवमा मन कुमार भट्टराई, सञ्जिप रसाईली र लक्ष्मि निरौला र कोषाध्यक्षमा हिम्मत लुहार सहित ४१ सदस्यीय नगर कमिटी चयन भएको वाईसिएल जिल्ला ईन्चार्ज होम कुमारीले जानकारी दिनुभयो ।


वाईसिएल जिल्ला संयोजक कैलाश मावोका अनुसार यस अघि मिक्वाखोला गाउँपालिका, फक्ताङलुङ गाउँपालिकामा पालिका अधिवेशन भई सकेको छ । वाईसिएल नेपालले वडा तथा पालिका सम्मलेन गरि रहेको छ भने हालसम्म जिल्लाका ३० भन्दा बढी वडामा वडा अधिवेशन सकिएको जिल्ला संयोजक मावोले जानकारी दिुनभयो ।

प्रकाशित मिति : 9:59 pm

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय