योगेश भट्टराईलाई लेलेपमा गरिएको व्यवहार प्रति एमाले ताप्लेजुङको आपत्ति



ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार भट्टराईलाई गृह जिल्ला ताप्लेजुङको लेलेपमा गरिएको व्यवहार प्रति नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीले आपत्ति जनाएको छ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहनु भएका भट्टराईलाई गाली गलौज र अराजक कृयाकलाप गरिएको भन्दै आपत्ति जनाएको हो । 

शनिबार जिल्ला कमिटी ताप्लेजुङले पत्रकार सम्मेलन गर्दै अराजक गतिविधिका घटनामा संलग्न भई गाली गलौज गर्नेलाई कानूनी दायरामा ल्याई कारबाहीको गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटी कार्यवाहक अध्यक्ष दिपेन्द्र पोपु (दिपेन)ले पर्यटन प्रबर्द्धन जस्ता कार्यक्रममा आमन्त्रण भई सहभागी भएका अतिथि माथि भएको अराजक व्यवहार आपत्तिजनक रहेको बताउनुभयो । पछिल्लो समय नेकपा एमाले लक्षित गतिविधि भएकोले सभ्य राजनीति गरि सुन्दर समाज निर्माण गर्नु पर्ने उहाँको भनाई छ । 

यस्तै युवा सङ्घ नेपालले पनि एक विज्ञप्ति जारी गर्दै यस्ता अवान्छित गतिविधि गर्नेहरूलाई कानुनी कठघरामा ल्याउन माग गरेको छ । यदि उक्त कार्य नभए युवा सङ्घ नेपाल आफैले कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । साथै विभिन्न पालिका कमिटीहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै अराजक गतिविधिका घटनामा संलग्न भई गाली गलौज गर्नेलाई कानूनी दायरामा ल्याई कारबाही गर्नु पर्ने माग गरेका छन् । 

महोत्सवको समापन पश्चात प्रमुख अतिथि सांस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री बद्री प्रसाद पाण्डे सहित काठमाडौँ प्रस्थान गर्न हेलिकप्टर चढ्न जाने क्रममा केही युवाहरूले सांसद भट्टराईमाथि नारा लगाएका थिए । 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार १९:३८

ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकको मृत्यु 

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागी घाइते हुनुभएका एक जनाको मृत्यु

अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीद्वारा कम्प्युटर तालिम प्रदान 

ताप्लेजुङ । अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीको आयोजनामा आधारभूत कम्प्युटर कक्षा

सुनमा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन

ताप्लेजुङ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करको विरुद्धमा

ताप्लेजुङको सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री

ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४