योगेश भट्टराईलाई लेलेपमा गरिएको व्यवहार प्रति एमाले ताप्लेजुङको आपत्ति



ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार भट्टराईलाई गृह जिल्ला ताप्लेजुङको लेलेपमा गरिएको व्यवहार प्रति नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीले आपत्ति जनाएको छ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहनु भएका भट्टराईलाई गाली गलौज र अराजक कृयाकलाप गरिएको भन्दै आपत्ति जनाएको हो । 

शनिबार जिल्ला कमिटी ताप्लेजुङले पत्रकार सम्मेलन गर्दै अराजक गतिविधिका घटनामा संलग्न भई गाली गलौज गर्नेलाई कानूनी दायरामा ल्याई कारबाहीको गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटी कार्यवाहक अध्यक्ष दिपेन्द्र पोपु (दिपेन)ले पर्यटन प्रबर्द्धन जस्ता कार्यक्रममा आमन्त्रण भई सहभागी भएका अतिथि माथि भएको अराजक व्यवहार आपत्तिजनक रहेको बताउनुभयो । पछिल्लो समय नेकपा एमाले लक्षित गतिविधि भएकोले सभ्य राजनीति गरि सुन्दर समाज निर्माण गर्नु पर्ने उहाँको भनाई छ । 

यस्तै युवा सङ्घ नेपालले पनि एक विज्ञप्ति जारी गर्दै यस्ता अवान्छित गतिविधि गर्नेहरूलाई कानुनी कठघरामा ल्याउन माग गरेको छ । यदि उक्त कार्य नभए युवा सङ्घ नेपाल आफैले कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । साथै विभिन्न पालिका कमिटीहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै अराजक गतिविधिका घटनामा संलग्न भई गाली गलौज गर्नेलाई कानूनी दायरामा ल्याई कारबाही गर्नु पर्ने माग गरेका छन् । 

महोत्सवको समापन पश्चात प्रमुख अतिथि सांस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री बद्री प्रसाद पाण्डे सहित काठमाडौँ प्रस्थान गर्न हेलिकप्टर चढ्न जाने क्रममा केही युवाहरूले सांसद भट्टराईमाथि नारा लगाएका थिए । 

प्रकाशित मिति : 7:38 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको