६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ



ताप्लेजुङ । विगत ६ वर्ष देखि फरार रहेका ताप्लेजुङका एक व्यक्ति पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा फरार रहेका ३० वर्षीय पुरुष पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा फक्ताङलु गाउँपालिका वडा नम्बर एकका रोहित कुमार साउदेन रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार साउदेनले मिक्वाखोला गाउँपालिका वडा नम्बर एक खोक्लिङ निवासी सुवास फेम्सोङ लिम्बुलाई धारिलो हतियार खुकुरीले प्रहार गरी फरार रहेका थिए । 

फरार रहेका उनलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा मिति २०७७ साल माघ २२ गते मिक्वाखोला गाउँपालिका वडा नम्बर चार थलङबाट बरामद भएको अवैध हातहतियार तथा खरखजाना (पेस्तोल) वारदात पश्चात जिल्ला अदालत ताप्लेजुङबाट पक्राउ पुर्जी जारी गरिएको थियो । 

उनलाई छ वर्ष पछि चैत ३१ गते फुङलिङ नगरपालिका वडा नम्बर पाँचबाट पक्राउ गरी बैशाख तीन गते अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 7:35 pm

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित