पाथिभरा मन्दिरमा एक वर्षमा आए दुई लाख बढी भक्तजन 



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एक वर्षमा दुई लाख बढी भक्तजनहरू आएका छन् । पाथिभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत बैशाख महिनादेखि चैत महिना सम्ममा दुई लाख २१ हजार ६०२ जना भक्तजन पाथिभरा मन्दिरको दर्शनका लागि आएका हुन् ।

समितिका अनुसार सबैभन्दा धेरै गत कार्तिक महिनामा ६१ हजार १७३ जना भक्तजन पाथिभरा दर्शनका लागि आएका थिए । सबैभन्दा थोरै गत साउन महिनामा एक हजार ९५५ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । यस्तै गत बैशाख महिनामा ५१ हजार ८०४ जना भक्तजन पाथिभरा मन्दिर आएका थिए । 

गत जेठ महिनामा आठ हजार ३०७, असार महिनामा, दुई हजार ७५६, भदौ महिनामा नौ हजार ९३९, असोजमा पाँच हजार ९४९ जान भक्तजनले पाथिभरा मन्दिरको दर्शन गरेको समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । मंसिर महिनामा २१ हजार १८० जना, पुष महिनामा छ हजार ४२७ जना, माघ महिनामा चार हजार २४९ जना, फागुन महिनामा सात हजार ४२८ जना र चैत महिनामा ४० हजार ४३५ जना दर्शनार्थीहरूले पाथिभरा मन्दिरको दर्शन गरेका छन् ।

पाथिभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरूको विवरण पाथिभरा क्षेत्र विकास समितिले राख्ने गरेको छ । पाथिभरा मन्दिरमा विषेश गरि चैत बैशाख र दशैँ तिहारमा धेरै भक्तजन आउने गर्दछन् । त्यसैले यी महिनाहरुलाई पाथिभरा मन्दिरको दर्शनका लागि सिजनको रुपमा पनि लिने गरिन्छ । पाथिभरा दर्शनका लागि प्रत्येक दिन नै दर्शनार्थीहरू आउने गरेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँको अनुसार अहिले सम्म पाथिभरामा आउनुहुने भक्तजनहरूको सङ्ख्या सुन्या भएको छैन । 

पछिल्लो समय केबुलकार विवादका कारण बन्द हड्ताल भएकाले पाथिभरा मन्दिर आउने दर्शनार्थीको सङ्ख्या कम हुँदै गएको थियो । तर, चैत महिना लागे पछि पाथिभरा आउने तीर्थयात्रीको सङ्ख्या ह्वात्तै बढेको हो । 

प्रकाशित मिति : 7:38 pm

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत