पाथिभरा मन्दिरमा एक वर्षमा तीन करोड पाँच लाख बढि भेटी संकलन



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एक वर्षमा भक्तजनहरूले तीन करोड पाँच लाख बढि भेटी चढाएका छन् । पाथिभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत बैशाख महिनादेखि चैत महिनामा भक्तजनहरूले तीन करोड पाँच लाख ५६ हजार भेटी चढाएका हुन् ।

समितिले हरेक महिना गणना गरिएको भेटी प्रत्येक महिनाको मसान्तको दिन सार्वजनिक गर्ने निर्णय र प्रतिबद्धता अनुसार नै भेटी रकम सार्वजनिक गर्दै आएको छ । भेटी गणना गरी विभिन्न बैँकमा जम्मा गरिएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

क्षेत्र विकास समितिका अनुसार गत बैशाख महिनामा भक्तजनहरूले मन्दिरमा चढाएको सबैभन्दा बढि ६९ लाख ३२ हजार ४०० रुपियाँ भेटी गणना गरी विभिन्न बैङ्कमा जम्मा गरिएको थियो । जेठ महिनामा १५ लाख ६५ हजार ९५६ रुपियाँ, असार महिनामा १६ लाख ८८ हजार, ९०० रुपियाँ, साउन महिनामा ६ लाख ९१ हजार रुपियाँ भेटी गणना गरि बैङ्कहरुमा जम्मा गरिएको थियो ।

यस्तै भदौ महिनामा ११ लाख ३५ हजार ५५५ रुपियाँ, असोज महिनामा सबैभन्दा थोरै ४ लाख ११ हजार १५१ रुपियाँ, कार्तिक महिनामा ३७ लाख ४४ हजार ७५० रुपियाँ गणना गरि बैङ्कमा जम्मा गरिएको समितिले जनाएको छ । मंसिर महिनामा ४१ लाख १७ हजार रुपियाँ, पुस महिनामा २९ लाख २५ हजार रुपियाँ, माघ महिनामा १० लाख ४० हजार ३०० रुपियाँ, फागुन महिनामा १३ लाख तीन हजार ५०० रुपियाँ र चैत महिनामा ५० लाख ५०० रुपियाँ भक्तजनले पाथिभरा मन्दिरमा चढाएको भेट गणना गरि विभिन्न बैङ्कमा जम्मा गरिएको क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको दर्शनका लागि असोज, कात्तिक र फागुन, चैत महिनामा विशेष गरी बढी मात्रामा तीर्थयात्री आउने गरेका छन् ।

प्रकाशित मिति : 6:44 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन