पाथिभरा मन्दिरमा एक वर्षमा तीन करोड पाँच लाख बढि भेटी संकलन



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एक वर्षमा भक्तजनहरूले तीन करोड पाँच लाख बढि भेटी चढाएका छन् । पाथिभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत बैशाख महिनादेखि चैत महिनामा भक्तजनहरूले तीन करोड पाँच लाख ५६ हजार भेटी चढाएका हुन् ।

समितिले हरेक महिना गणना गरिएको भेटी प्रत्येक महिनाको मसान्तको दिन सार्वजनिक गर्ने निर्णय र प्रतिबद्धता अनुसार नै भेटी रकम सार्वजनिक गर्दै आएको छ । भेटी गणना गरी विभिन्न बैँकमा जम्मा गरिएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

क्षेत्र विकास समितिका अनुसार गत बैशाख महिनामा भक्तजनहरूले मन्दिरमा चढाएको सबैभन्दा बढि ६९ लाख ३२ हजार ४०० रुपियाँ भेटी गणना गरी विभिन्न बैङ्कमा जम्मा गरिएको थियो । जेठ महिनामा १५ लाख ६५ हजार ९५६ रुपियाँ, असार महिनामा १६ लाख ८८ हजार, ९०० रुपियाँ, साउन महिनामा ६ लाख ९१ हजार रुपियाँ भेटी गणना गरि बैङ्कहरुमा जम्मा गरिएको थियो ।

यस्तै भदौ महिनामा ११ लाख ३५ हजार ५५५ रुपियाँ, असोज महिनामा सबैभन्दा थोरै ४ लाख ११ हजार १५१ रुपियाँ, कार्तिक महिनामा ३७ लाख ४४ हजार ७५० रुपियाँ गणना गरि बैङ्कमा जम्मा गरिएको समितिले जनाएको छ । मंसिर महिनामा ४१ लाख १७ हजार रुपियाँ, पुस महिनामा २९ लाख २५ हजार रुपियाँ, माघ महिनामा १० लाख ४० हजार ३०० रुपियाँ, फागुन महिनामा १३ लाख तीन हजार ५०० रुपियाँ र चैत महिनामा ५० लाख ५०० रुपियाँ भक्तजनले पाथिभरा मन्दिरमा चढाएको भेट गणना गरि विभिन्न बैङ्कमा जम्मा गरिएको क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको दर्शनका लागि असोज, कात्तिक र फागुन, चैत महिनामा विशेष गरी बढी मात्रामा तीर्थयात्री आउने गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आईतवार १८:४४

ताप्लेजुङमा एकजनामा डेङ्गु संक्रमण

रेडियो काबेलीताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा एकजनामा डेंगु संक्रमण देखिएको

पाथिभरा बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्यमा नाल्बो मनोनित 

सौगात विष्ट ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको एक मात्र स्नातकोत्तर सञ्चालन रहेको

ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसको नामले अधिकार पायो 

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र स्नातकोत्तर सञ्चालन हुने पाथिभरा बहुमुखी

ताप्लेजुङ गोल्डकपका लागि तेल्लोक स्पोर्टिङ क्लबमा दुई विदेशी खेलाडी

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपका लागि तेल्लोक स्पोर्टिङ क्लब

देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान