पाथिभरा मन्दिरमा एकै दिन साढे पाँच हजार भक्तजनले गरे पुजा



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एकै दिन साढे पाँच हजार भक्तजन पुगेका छन् । शनिबार एकै दिन पाँच हजार ५७७ जना भक्तजन पाथिभरा मन्दिर पुगेका हुन् ।

सिजन लागे सँगै पाथिभरा मन्दिरमा आउनुहुने भक्तजनहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताउँनुभयो । उहाँका अनुसार आज बिहान तीन बजेदेखि भक्तजनहरूलाई लाइन लगाएर पुजा गराइएको थियो । दिउसो तीन बजे मात्र उक्त पूजाको लाइन सकिएको महतको भनाई छ ।

यस अघि चैत्र २३ गते शनिबार एकैदिन सात हजार १४६ जना भक्तजनले पाथिभरा मन्दीको दर्शन गरेका थिए । उक्त दिन दशैँ तिहार पछि सबैभन्दा धेरै दर्शनार्थी पाथिभरा मन्दिर पुगेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

पछिल्लो समय केबुलकार विवादका कारण बन्द हड्ताल भएकाले पाथिभरा मन्दिर आउने दर्शनार्थीको सङ्ख्या कम हुँदै गएको थियो । यस अघि फागुन महिनामा सात हजार ४२८ दर्शनार्थी पाथीभरा मन्दिर पुगेका थिए ।

यस्तै माघ महिनामा भने चार हजार २४९ दर्शनार्थीले मात्र मन्दिरको दर्शन गरेका थिए । यता पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार, काफ्ले पाटी र माथिल्लो फेदीको होटलहरू भरिभराउ भएको छ । यो सँगै होटल व्यवसायीहरूलाई राहत मिलेको छ ।

पूजाको लागि पालो कुर्दै लाइनमा भक्तजन । तस्विर सौजन्य : पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महत ।

प्रकाशित मिति : 6:47 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले