पाथिभरा मन्दिरमा एकै दिन साढे पाँच हजार भक्तजनले गरे पुजा



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एकै दिन साढे पाँच हजार भक्तजन पुगेका छन् । शनिबार एकै दिन पाँच हजार ५७७ जना भक्तजन पाथिभरा मन्दिर पुगेका हुन् ।

सिजन लागे सँगै पाथिभरा मन्दिरमा आउनुहुने भक्तजनहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताउँनुभयो । उहाँका अनुसार आज बिहान तीन बजेदेखि भक्तजनहरूलाई लाइन लगाएर पुजा गराइएको थियो । दिउसो तीन बजे मात्र उक्त पूजाको लाइन सकिएको महतको भनाई छ ।

यस अघि चैत्र २३ गते शनिबार एकैदिन सात हजार १४६ जना भक्तजनले पाथिभरा मन्दीको दर्शन गरेका थिए । उक्त दिन दशैँ तिहार पछि सबैभन्दा धेरै दर्शनार्थी पाथिभरा मन्दिर पुगेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

पछिल्लो समय केबुलकार विवादका कारण बन्द हड्ताल भएकाले पाथिभरा मन्दिर आउने दर्शनार्थीको सङ्ख्या कम हुँदै गएको थियो । यस अघि फागुन महिनामा सात हजार ४२८ दर्शनार्थी पाथीभरा मन्दिर पुगेका थिए ।

यस्तै माघ महिनामा भने चार हजार २४९ दर्शनार्थीले मात्र मन्दिरको दर्शन गरेका थिए । यता पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार, काफ्ले पाटी र माथिल्लो फेदीको होटलहरू भरिभराउ भएको छ । यो सँगै होटल व्यवसायीहरूलाई राहत मिलेको छ ।

पूजाको लागि पालो कुर्दै लाइनमा भक्तजन । तस्विर सौजन्य : पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महत

प्रकाशित मिति : 6:47 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन