मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य सङ्घको मापदण्ड अनुसारका खोपको मात्रा पूरा गर्दै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।

गाउँपालिकाले विहीबार एक कार्यक्रमका साथ पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेको छ । गाउँपालिकाका सबै वडाहरूमा ५९ महिना सम्मका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको पालिकाका स्वास्थ्य शाखाका प्रमुख फुर्वा शेर्पाले बताउनुभयो । यस अघि पालिकाको वडा नम्बर एक र दुईलाई चैत २० गते पूर्णखोप सुनिश्चिता वडा घोषणा गरिएको थियो ।

यस्तै वडा नम्बर तीन  र चारलाई चैत १० साथै वडा नम्बर पाँच र छ लाई चैत १५ गते पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष तथा गाउँ स्तरीय खोप समन्वय समितिका अध्यक्ष वनेमको अध्यक्षतामा सम्पन्न भएको पूर्णखोप सुनिश्चित घोषणामा प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत गरिएको छ । 

जसमा पालिका खोप समन्वय समिति, वडा खोप समन्वय समिति, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक, प्रहरी प्रशासन, स्थानीय बुद्धिजीवी र समाजसेवी समेतले हस्ताक्षर गर्नुभएको । 

एउटा नगरपालिका र आठवटा गाउँपालिका भएको ताप्लेजुङमा यो सँगै तीन वटा पालीका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । यस अघि सिदिङ्वा गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । 

प्रकाशित मिति : 6:11 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला