पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई मात्र बजेटमा समावेश गर्ने



ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले बैङ्कमा समावेश भएका आयोजनालाई मात्र आगामी बजेटमा समावेश गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।

वडा कार्यालय र सम्बन्धित सरोकारवालाहरूलाई योजना माग गरी पालीकाको सम्बन्धित शाखामा दर्ता गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष केशर सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार योजनाको प्रकृति र पेश गर्नु पर्ने योजना शाखा पनि छुट्याइएको छ ।

जसमा सडक, पुल, पूर्वाधार, भवन निर्माण, खानेपानी, सिंचाई, पर्यटन तथा संस्कृति सम्बन्धी आयोजनाले योजना तथा पूर्वाधार शाखामा योजना पेश गर्नु पर्ने छ । सुशासन, क्षमता विकास, शिक्षा सम्बन्धी आयोजना कार्यक्रमका लागि प्रशासन शाखा साथै खेलकुदका लागि शिक्षा, युवा तथा खेलकुद शाखामा योजना पेश गर्नु पर्ने छ ।

यस्तै महिला बालबालीका, ज्येष्ठ नागरिक र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धीको कार्यक्रमका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा योजना पेश गर्नु पर्ने छ । सीप विकास, घरेलु तथा साना उद्योग कार्यक्रमका लागि लघु उद्यम विकास शाखा, श्रम तथा रोजगारका लागि रोजगार शाखा र सामाजिक सुरक्षा सँगै पञ्जिकरण सम्बन्धी कार्यक्रमका लागि सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखामा योजना पेश गर्नु पर्ने बताइएको छ ।

सहकारीका लागि सहकारी शाखा, कृषि विकासका लागि कृषि विकास शाखा, पशुपन्छीका लागि पशु सेवा शाखा, स्वास्थ्य सम्बन्धी कार्यक्रमका लागि स्वास्थ्य शाखामा योजना पेश गर्नु पर्ने छ । कानुन क्षमता विकासका लागि न्यायिक शाखा, सञ्चार तथा सूचना प्रविधिका लागि सूचना प्रविधि शाखा, वन वातावरण तथा जलवायु परिवर्तन, जलधार व्यवस्थापन, बाढी पहिरो नियन्त्रण र वायो इन्जिनियरिङ सम्बन्धी कार्यक्रमका लागि वन, वातावरण तथा विपद् व्यवस्थापन शाखामा योजना पेश गर्नु पर्ने गाउँपालिकाले जनाएको छ ।

उक्त पेश भएका आयोजना तथा कार्यक्रमहरूलाई छनोट गरी बैङ्कमा समावेश गरिने छ । योजना पेश गर्ने समय भने आगामी बैशाख ५ गते सम्मका लागि तोकिएको छ ।

प्रकाशित मिति : 5:34 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ