ताप्लेजुङमा जबरजस्ती करणी उद्योगको अभियोगमा एक जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा जबरजस्ती करणी उद्योगको अभियोगमा एक जना पक्राउ परेका छन् । ५१ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा फुङलिङ नगरपालिकाका ४३ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

आरोपित पुरुषले मादक पदार्थ सेवन गरी जबरजस्ती करणी उद्योग गरेको भन्दै पीडित महिलाले बुधबार जाहेरी दिएको आधारमा युवकलाई पक्राउ गरेको प्रहरी निरीक्षक रोहित कुमार शर्मा बढईले जानकारी दिनुभयो । उहाँका अनुसार आरोपित पुरुषलाई बुधबार नै फुङलिङ नगरपालिकाबाट पक्राउ गरिएको हो ।

आरोपित पुरुषलाई बुधबार जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 8:02 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता