केबलकार विवादः अल्पकालीन आदेश कार्यान्वयन गर्न माग 



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेश कार्यान्वयन गर्न माग गरिएको छ । आदेशविपरीत केबलकार निर्माण कार्य जारी रहेको भन्दै ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय, फुङलिङ नगरपालिकासहित प्रहरी निकायमा माग गरिएको हो । 

मुक्कुमलुङ क्षेत्रमा अत्याधुनिक चेनसो मेसिनको प्रयोग गरि काठ पातहरु काटेर निर्माण क्षेत्रमा सफा गर्ने कार्य निरन्तर रुपमा भइरहेकोले यसलाई तत्काल रोकी सम्माननीय अदालतको आदेश पालना गर्न गराउन नो केबलकार समुहका अभियन्ता कमला पालुङवाले निवेदन मार्फत माग गर्नुभएको छ ।  

पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि यही चैत १३ गते अल्पकालीन आदेश जारी गर्दै अदालतले ‘हालसम्म गरेका कामकारबाही यथास्थितिमा राख्न’ उत्प्रेषण दिएको थियो ।

न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले जारी गरेको अल्पकालीन आदेशमा ‘उठाइएको विषयवस्तुको प्रकृति र गाम्भीर्यता हेर्दा’ दुवै पक्षको सुनुवाइ गर्न चैत २६ गते आजका लागि पेशी तोकिएको छ ।

प्रकाशित मिति : 12:10 pm

प्रथम लिङ्तेप गोल्डकप : आयोजक रातो सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी

आगामी माघ २५ गतेदेखि नाल्बुमा पुरुष तथा महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा पुरुष

आठराई त्रिवेणी गाउँपालिकाको नवनिर्मित भवनबाट सेवा सुचारु

ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नवनिर्मित

प्रथम लिङ्तेप गोल्डकप : आयोजक र मानाभारा भिड्दै 

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी

प्रथम शहिद कप माघ १६ गतेदेखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको