केबलकार विवादः अल्पकालीन आदेश कार्यान्वयन गर्न माग 



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेश कार्यान्वयन गर्न माग गरिएको छ । आदेशविपरीत केबलकार निर्माण कार्य जारी रहेको भन्दै ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय, फुङलिङ नगरपालिकासहित प्रहरी निकायमा माग गरिएको हो । 

मुक्कुमलुङ क्षेत्रमा अत्याधुनिक चेनसो मेसिनको प्रयोग गरि काठ पातहरु काटेर निर्माण क्षेत्रमा सफा गर्ने कार्य निरन्तर रुपमा भइरहेकोले यसलाई तत्काल रोकी सम्माननीय अदालतको आदेश पालना गर्न गराउन नो केबलकार समुहका अभियन्ता कमला पालुङवाले निवेदन मार्फत माग गर्नुभएको छ ।  

पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध सर्वोच्चमा रिट दायर भएपछि यही चैत १३ गते अल्पकालीन आदेश जारी गर्दै अदालतले ‘हालसम्म गरेका कामकारबाही यथास्थितिमा राख्न’ उत्प्रेषण दिएको थियो ।

न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले जारी गरेको अल्पकालीन आदेशमा ‘उठाइएको विषयवस्तुको प्रकृति र गाम्भीर्यता हेर्दा’ दुवै पक्षको सुनुवाइ गर्न चैत २६ गते आजका लागि पेशी तोकिएको छ ।

प्रकाशित मिति : 12:10 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन