ताप्लेजुङका तीन गाउँपालिकाले जनाए मिलेर अघि बढ्ने प्रतिवद्धता



ताप्लेजुङ । अब ताप्लेजुङका तीन वटा गाउँपालिका एक आपसमा सहमति र सहकार्यका आधारमा मिलेर अघि बढ्ने भएका छन् । मेरिङ्देन गाउँपालिका, मैवाखोला गाउँपालिका र मिक्वाखोला गाउँपालिका सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने भएका हुन् ।

आज मेरिङदेन गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी तीन गाउँपालिकाले समृद्धि र विकससँग जोडिएको जैविक विविधता स्थानीय उत्पादन र उक्त क्षेत्रका ऐतिहासिक धार्मिक, सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा संवर्द्धन गर्दै पर्यापर्यटनको विकास गर्न एक आपसमा मिलेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका तीन पालिकाहरूले चालु आर्थिक वर्ष देखि सञ्चालनमा रहेको नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौता अनुसार कोशी प्रदेशको पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा समेटिनु पर्ने आफ्नो पालिकाहरू नसमेटिएको भन्दै ध्यानाकर्षण समेत गराएका छन् ।

उक्त परियोजना निर्माण गर्दा हालको लालीगुराँस पदमार्ग देखि जलजले-तिन पोखरी सोदुपोखरी तोक्पेगोल(ओलाङचुङगोला सम्म कायम गर्न माग समेत गरेका छन् । लालीगुराँस पदमार्गमा तुम्लिङटार खादवारी-नुम-गुफापोखरी-बसन्तपुर-जलजले-तिनजुरे (मिल्के) पर्दछ । यो पदमार्गको परियोजनाले ताप्लेजुङको मैवाखोला गाउँपालिका मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकालाई समेत समेट्ने बताइएको छ ।

साथै कोशी प्रदेशले निर्माण गरेको दोस्रो आवधिक योजनामा प्रदेशका विभिन्न १९ वटा रूपान्तरणकारी कार्यक्रमहरु छनोट गर्दा जैविक विविधता र प्राकृतिको प्रचुर सम्भावना भएको जिल्ला ताप्लेजुङलाई नसमेटिएकोमा पनि ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, आईतवार १८:४४

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

ताप्लेजुङ, असोज १ गते । आज विश्वकर्माको पूजा आराधना गरी

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

ताप्लेजुङ, असोज १ गते । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान

सुकेटार विमान स्थलमा दुई महिनादेखि उडान ठप्प

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब

ताप्लेजुङको पाथीभरामा झण्डै १० लाख भेटी सङ्कलन

ताप्लेजुङ, भदौ ३१ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा

ताप्लेजुङमा चार पार्टी कार्यालय तोडफोड हुँदा ८३ लाख ७९ हजार बढीको क्षति

ताप्लेजुङ, भदौ ३१ गते । जेनजी आन्दोलनको समयमा ताप्लेजुङका विभिन्न