जिल्ला अस्पताल ताप्लेजुङलाई एइडी मेसिन प्रदान 



ताप्लेजुङ ।  जिल्ला अस्पताल ताप्लेजुङलाई स्वचालित बाह्य डिफिब्रिलेटर (एइडी) मेसिन प्रदान गरिएको छ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको पहलमा सङ्घीय सरकारको सहयोगमा उक्त मेसिन प्रदान गरिएको हो ।

सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँगको समन्वयमा प्राप्त भएको स्वास्थ्य सामग्री मन्त्री हाङ्गामले जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। प्रनाम जयरुलाई हस्तान्तरण गर्नुभएको छ । 

 हृदयघात जस्ता आपतकालीन स्वास्थ्य समस्या आइलागेमा उक्त एइडी मेसिन तुरुन्तै प्रयोग गर्न पाएमा ज्यान जाने जोखिम टर्न सक्ने बताइएको छ । दुर्गम जिल्लाको अस्पताललाई धेरै महत्त्वपूर्ण मेसिन प्राप्त भएकाले जिल्लावासीलाई थोरै भए पनि राहत मिलेको मन्त्री हाङ्गामले बताउनुभयो । 

प्रकाशित मिति : 4:51 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता