ताप्लेजुङमा चार महिनापछि हवाई उडान सुरु



ताप्लेजुङ । करिब चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको छ । गत मंसिर २८ गते देखि बन्द रहेको ताप्लेजुङको सुकेटार बिमास्थलमा आज (आइतबार) बाट हवाइ उडान सुरु भएको हो ।

 नेपाल वायु सेवा निगमको जहाजले आजबाट काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान सुरु गरेको छ । शुक्रबार तालिका तय भएपनि प्राविधिक समस्याका कारण आइतबारका लागि उडान सारिएको थियो । काठमाडौँबाट ५ जना यात्रु लिएर आएको नेपाल वायु सेवा निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङबाट पुरुष ४ र महिला २ जना गरि जम्मा ६ जना काठमाडौँ प्रस्थान गरेका छन् ।

 गत चैत १६ गते शनिबारदेखि उडान गर्ने तालिका अनुसार जहाज आएपनि अवतरण हुन नसकेपछि जहाज पुन काठमाडौँ फर्किएको थियो । जसका कारण १० जना यात्रु लिएर आएको जहाज भिजिबिलिटी कम भएकाले अवतरण हुन सकेको थिएन । सो उडान सफल हुन नसक्दा ताप्लेजुङबाट उपचारका लागि काठमाडौँबाट हिँडेका ४ जना यात्रु प्रभावित भएका थिए ।

 नेपाल वायु सेवा निगमको दुई वटा जहाज ग्राउण्डेड भएपछि चार महिनादेखि हवाई उडान ठप्प भएको थियो । तत्कालका लागि हाल सातामा एक दिन मात्रै उडान तय भएको थियो । आगामी उडान तालिका तत्काल आई नसकेको निगमले जनाएको छ । सातामा एक दिनमा उडान तालिका राख्दै आएको र बैशाखपछि थप गरिने तयारीमा रहेको बताइएको छ ।

 मौसमका कारण पटक–पटक जहाज अवतरण हुन नसक्दा आवतजावत गर्ने यात्रुको सङ्ख्यामा कमी भएको निगमले उल्लेख गरेको छ । अवतरण  अनिश्चित बन्दा यात्रुको सङ्ख्यामा कमी आउने गरेको छ ।

प्रकाशित मिति : 8:30 am

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता