लिम्बू पत्रकार सङ्घको अध्यक्षमा सन्देश सुब्बा



ताप्लेजुङ । लिम्बू पत्रकार सङ्घको केन्द्रीय अध्यक्षमा सन्देश सुब्बा इङ्वा निर्वाचित हुनुभएको छ । शुक्रबार तेह्रथुमको बसन्तपुरमा सम्पन्न तेस्रो महाधिवेशनले इङ्वा अध्यक्ष रहेको केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

निवर्तमान उपाध्यक्ष विजयबोध लावतीका अनुसार पछि मनोनित गरेर पदपूर्ति गर्नेगरी महाधिवेशनमार्फत २१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । कार्यसमिति उपध्यक्षमा सचितानन्द लिम्बू, महिला उपाध्यक्षमा सुजता निङ्लेकु लिम्बू, महासचिवमा जीवन योङ्हाङ लिम्बू चयन हुनुभएको छ ।

यस्तै, सचिवमा ज्ञानु केदेम, सम्पदा योङ्या लिम्बू र कोषाध्यक्षमा दिलकुमार फेम्बु लिम्बू चयन हुनुभएको छ । सदस्यहरुमा सविना लिम्बू, धनबहादुर लिम्बू, मौसमी पारघरी लिम्बू र सिंहराज लिम्बू चयन हुनुभएको छ । बाँकी सदस्य सबै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी मनोनित गरिने निवर्तमान उपाध्यक्ष लावतीले बताउनुभयो ।

लिम्बू पत्रकार सङ्घको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित देवेन्द्र खापुङ नेतृत्वको कार्यकाल सकिएको करिव पाँच वर्षपछि तेस्रो महाधिवेशन भएको हो । तेस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बेला कोभिड महामारी फैलिएपछि महाधिवेशन स्थगित हुन पुगेको थियो । कोभिड महामारीसँगै स्थगित भएको महाधिवेशन करिव आठ वर्षपछि आयोजना गरिएको छ ।

तेह्रथुमको पर्यटकीय गन्तव्य बसन्तपुरको चोलुङ पार्कमा आयोजना गरिएको तेस्रो महाधिवेशन लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कोशी प्रदेशका पूर्वअध्यक्ष सन्तबिर लामा लगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।gorkhapatraonline.com

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार ०९:४५

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा

ताप्लेजुङ गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने 

 ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा यो वर्ष गोल्डकपको

वाइसिएल फक्ताङ्लुङ कमिटी अध्यक्षमा मिराक लिम्बू

ताप्लेजुङ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी

ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले स्मार्ट फोन पाउने

ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले