२८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजनाको सुरुङ टिबिएमले खनिने



ताप्लेजुङ । ताप्लेजुङमा निर्माण हुने २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजनाको सुरुङ टनेल बेरिङ मेसिन (टिबिएम) ले खनिने भएको छ । आयोजनाको ८.७ किलोमिटर सुरुङ टिबिएमले खन्नका लागि चिनियाँ कम्पनी सँग सम्झौता भएको हो ।

बिहीबार एक कार्यक्रमका बिच आयोजनाका प्रवर्द्धक तमोर इनर्जी प्रालि र चाइना रेल्वे नम्बर–२ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड बिच टिबिएमले सुरुङ खन्नका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा तमोर इनर्जी प्रालिका तर्फबाट अध्यक्ष पुष्पज्योति ढुङ्गाना, महाप्रबन्धकद्वय प्रकृतिराज तिमल्सिना र पदम प्रसाद पोखरेल साथै चाइना रेल्वेका तर्फबाट नेपाल प्रमुख लो झियारोङ, प्रबन्धक उज्वल पौडेल र आयोजना प्रमुख चोङ बोले हस्ताक्षर गर्नुभएको तमोर इनर्जी प्रालिका आयोजना प्रमुख सम्झना क्षेत्रीले जानकारी दिनुभयो ।

सम्झौता कार्यक्रममा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, पूर्व पर्यटन मन्त्री योगेश भट्टराईको उपस्थिति रहेको थियो । माथिल्लो तमोर बनिसकेपछि सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्न लिएको लक्ष्यमा ठुलो सहयोग पुग्ने उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले बताउनुभयो ।

यस्तै आयोजनामा टिबिएम मेसिन प्रयोग हुनुले नेपालमा नयाँ नयाँ प्रविधिमार्फत विकासको युग सुरु भएको पूर्व मन्त्री योगेश भट्टराईको भनाई छ । साथै सबै परिस्थिति अनुकुल भएमा यो आयोजना ४ वर्ष भित्रमा निर्माण गरिसकिने तमोर इनर्जीका अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

उहाँका अनुसार ५१ अर्ब रुपियाँमा पुरा हुने उक्त आयोजनाका लागि अहिलेसम्म २४ अर्ब रुपियाँ जुटिसकेको छ । साथै लगानीकर्ताहरूबाट १२ अर्ब रुपियाँ स्वपुँजी लगानी हुने र आठ अर्ब रुपियाँ बराबरको साधारण शेयर जारी गरिने छ । आयोजनामा लगानी गर्ने सम्बन्धमा यसअघि नै वित्तिय व्यवस्थापन भइसकेको छ ।

प्रकाशित मिति : 9:30 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो