२८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजनाको सुरुङ टिबिएमले खनिने



ताप्लेजुङ । ताप्लेजुङमा निर्माण हुने २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजनाको सुरुङ टनेल बेरिङ मेसिन (टिबिएम) ले खनिने भएको छ । आयोजनाको ८.७ किलोमिटर सुरुङ टिबिएमले खन्नका लागि चिनियाँ कम्पनी सँग सम्झौता भएको हो ।

बिहीबार एक कार्यक्रमका बिच आयोजनाका प्रवर्द्धक तमोर इनर्जी प्रालि र चाइना रेल्वे नम्बर–२ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड बिच टिबिएमले सुरुङ खन्नका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा तमोर इनर्जी प्रालिका तर्फबाट अध्यक्ष पुष्पज्योति ढुङ्गाना, महाप्रबन्धकद्वय प्रकृतिराज तिमल्सिना र पदम प्रसाद पोखरेल साथै चाइना रेल्वेका तर्फबाट नेपाल प्रमुख लो झियारोङ, प्रबन्धक उज्वल पौडेल र आयोजना प्रमुख चोङ बोले हस्ताक्षर गर्नुभएको तमोर इनर्जी प्रालिका आयोजना प्रमुख सम्झना क्षेत्रीले जानकारी दिनुभयो ।

सम्झौता कार्यक्रममा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, पूर्व पर्यटन मन्त्री योगेश भट्टराईको उपस्थिति रहेको थियो । माथिल्लो तमोर बनिसकेपछि सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्न लिएको लक्ष्यमा ठुलो सहयोग पुग्ने उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले बताउनुभयो ।

यस्तै आयोजनामा टिबिएम मेसिन प्रयोग हुनुले नेपालमा नयाँ नयाँ प्रविधिमार्फत विकासको युग सुरु भएको पूर्व मन्त्री योगेश भट्टराईको भनाई छ । साथै सबै परिस्थिति अनुकुल भएमा यो आयोजना ४ वर्ष भित्रमा निर्माण गरिसकिने तमोर इनर्जीका अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

उहाँका अनुसार ५१ अर्ब रुपियाँमा पुरा हुने उक्त आयोजनाका लागि अहिलेसम्म २४ अर्ब रुपियाँ जुटिसकेको छ । साथै लगानीकर्ताहरूबाट १२ अर्ब रुपियाँ स्वपुँजी लगानी हुने र आठ अर्ब रुपियाँ बराबरको साधारण शेयर जारी गरिने छ । आयोजनामा लगानी गर्ने सम्बन्धमा यसअघि नै वित्तिय व्यवस्थापन भइसकेको छ ।

प्रकाशित मिति : 9:30 am

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप