करिब एक महिनादेखि बन्द रहेको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत उत्पादन सुरु



ताप्लेजुङ। करिब एक महिनादेखि बन्द रहेको जिल्लाकै ठुलो हाइड्रोपावरको विद्युत उत्पादन सुरु भएको छ । गत फागुन २८ गतेबाट उत्पादन ठप्प भएको सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको विद्युत गएराति ९शुक्रबार राति० १ बजेदेखि उत्पादन सुरु भएको हो ।

७३ मेगावट क्षमताको हाइड्रोपावरमा हाल २४ मेगावट मात्रै विद्युत उत्पादन भइरहेको जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो । सुक्खायामको समयमा नदीमा पानीको मात्रा कम भएकाले २४ मेगावट मात्रै विद्युत उत्पादन भइरहको उहाँको भनाइ छ ।

आयोजनाको ड्यामसाइट तथा विद्युत गृहको उपकरणको मर्मत कार्य सम्पन्न हुन साथ गएरातिदेखि नै विद्युत उत्पादनको कार्य सुरु गरिएको गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मर्मतको कार्य चाँडै सम्पन्न गर्न २४ सै घण्टा जनशक्ति परिचालन गरिएको थियो ।

करिब एक वर्ष अगाडिदेखि उत्पादन सुरु गरेको आयोजनाको विद्युत कोशी करिडोर प्रसारण लाइनमा जडान गरिएको छ ।

प्रकाशित मिति : 7:32 pm

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि