ताप्लेजुङमा गणतन्त्र रक्षाका लागि वृहत जागरण ¥याली तथा सभा



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा वृहत गणतान्त्रिक जागरण ¥याली तथा सभा गरिएको छ । नेकपा एमाले ताप्लेजुङले सोमबार सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाको निमित्त वृहत जागरण ¥याली तथा सभा गरेको हो ।

नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय मदन भण्डारी स्मृति भवनबाट निस्किएको ¥याली नगर परिक्रमा गर्दै वीरेन्द्रचोकमा पुगी कोण सभामा परिणत भएको थियो । पछिल्लो समय राजावादीहरूको सक्रिय भएका कारण गणतन्त्रको महत्व दर्साउन उक्त ¥याली तथा सभा गरिएको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले बताउनुभयो ।

¥यालीपछि आयोजित कोणसभालाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्वो, एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य अनन्त थेबे र कार्यवाहक अध्यक्ष पोमू लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार १६:५०

फुङलिङ नगरपालिकाको सेवा अनिश्चितकालिन बन्द

ताप्लेजुङ । मंगलबार राति भएको तोडफोड आगजानी पछि फुङलिङ नगरपालिकाको

ताप्लेजुङमा आज १० बजेदेखी साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

ताप्लेजुङमा पनि बिहिबार बिहान ६ बजेसम्म कफ्र्यू जारी

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

सिदिङ्वा गाउँपालिका कार्यालय तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ ।

मैवाखोलामा पहिरोमा पुरिएर दुईको मृत्यु, तीन घाइते

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर दुई जनाको मृत्यु