ताप्लेजुङमा गणतन्त्र रक्षाका लागि वृहत जागरण ¥याली तथा सभा



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा वृहत गणतान्त्रिक जागरण ¥याली तथा सभा गरिएको छ । नेकपा एमाले ताप्लेजुङले सोमबार सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाको निमित्त वृहत जागरण ¥याली तथा सभा गरेको हो ।

नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय मदन भण्डारी स्मृति भवनबाट निस्किएको ¥याली नगर परिक्रमा गर्दै वीरेन्द्रचोकमा पुगी कोण सभामा परिणत भएको थियो । पछिल्लो समय राजावादीहरूको सक्रिय भएका कारण गणतन्त्रको महत्व दर्साउन उक्त ¥याली तथा सभा गरिएको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले बताउनुभयो ।

¥यालीपछि आयोजित कोणसभालाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्वो, एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य अनन्त थेबे र कार्यवाहक अध्यक्ष पोमू लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : 4:50 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको