सञ्चारकर्मीलाई निसाना बनाएको भन्दै पत्रकार महासङ्घ ताप्लेजुङद्वारा गृहमन्त्रालयलाई ध्यानाकर्षण



ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले गृहमन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको अवगत गराउँदै जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयलाई ध्यानाकर्षण गराएको हो ।

सोमबार ताप्लेजुङका पत्रकारहरूको उपस्थितिमा पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाउनुभएको छ । ज्ञापनपत्रमा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, पत्रकार घाइते भएको, विभिन्न मिडिया हाउसमा आगो लगाउनुको साथै ढुङ्गामुढा गरी क्षति पु¥याइएको र मिडियाहरूका सवारी साधनमा तोडफोड गरिएको बारे नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ गम्भीर रहेको उल्लेख गरिएको छ ।

साथै ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मी माथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन र क्षति पु¥याइएका सञ्चारगृह साथै सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्ति सँगै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासङ्घले जोडदार माग गर्दै ज्ञापनपत्र मार्फत गृहमन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

यस्तै विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन समेत माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी शर्माले प्राप्त ध्यानाकर्षण पत्र तत्काल गृहमन्त्रालयमा उपलब्ध गराउने बताउनुभएको छ ।

प्रकाशित मिति : 4:43 pm

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र