नेपाल खेलकुद महासंघ ताप्लेजुङ अध्यक्षमा पुनः चोङबाङ




रेडियो काबेली
ताप्लेजुङ । नेपाल खेलकुद महासंघ ताप्लेजुङको अध्यक्षमा पुनः राष्ट्रिय रेफ्री थर्क कुमार चोङबाङ (दिवस) चयन हुनुभएको छ । आईतबार भएको महासंघको दोस्रो अधिवेशनबाट चोङबाङ दोस्रो कार्यकालको लागि अध्यक्ष सर्वसम्मत चयन हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा प्रताप लिम्बु र दुर्गा पालुङवा, सचिवमा तेजबिर मेन्याङबो र उप–सचिवमा डिल्ली गुरुङ र टिका थोप्रा, कोषाध्यक्षमा रमित सुनुवार सहित २३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो । नेपाल खेलकुद महासंघ नेकपा एमाले सम्बद्ध संस्था हो ।

प्रकाशित मिति : 9:21 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम