चैत २३ गतेदेखि छैटौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम हुने



ताप्लेजुङ । ताप्लेजुङमा आगामी चैत २३ गतेदेखि छैटौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम हुने भएको छ । छैटौँ बज्रगुरु मन्त्रजप मुल आयोजक समितिले आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै ३ दिने मन्त्रजप कार्यक्रम हुने बारे जानकारी गराएको हो ।

विश्व शान्ति र मानव एकताका लागि ताप्लेजुङको फुङलिङ नगरपालिका ९ सुकेटारमा आगामी चैत २३ देखि २५ गतेसम्म ३ दिने मन्त्रजप कार्यक्रमको आयोजना गरिएको समितिका सचिव पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार भारतका विश्व प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेको उपस्थितिमा मन्त्रजप गरिने छ ।

मन्त्रजपमा करिब २० हजार श्रद्धालु भक्तजनहरूको उपस्थिति रहने बताइएको छ । बि. सं. २०७३ सालबाट सुरु भएको मन्त्रजप कार्यक्रम कोभिड महामारीको समयमा ३ वर्ष स्थगित भएको थियो । त्यस पश्चात पुन निरन्तर मन्त्रजप कार्यक्रम हुँदै आइरहेको छ ।

२३ गते बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मन्त्रजप तथा पुजा र मध्यान्ह १२ बजेदेखि ५ बजेसम्म प्रवचन सहित आगम प्रदान गरिनेछ । त्यस्तै चैत २४ गते बिहान मन्त्रजप र १ बजेदेखि साँझ ५ बजेसम्म प्रवचन सहित आगम प्रदान गर्ने तयारी भइरहेको छ । कार्यक्रमको अन्तिम दिन चैत २५ गते परम श्रद्धेय रिन्पोछेबाट प्रवचन, श्वेत ताराको आयु अभिषेक गर्ने सचिव शेर्पाको भनाई छ । समितिका अनुसार कार्यक्रम अवधि भरि नै बुद्ध भगवानको अस्तु धातु रिङसेल दर्शन गराइने छ ।

मन्त्रजप गर्दा आफ्नो मन शुद्ध भई सबै प्रकारका पुण्य लाभ प्राप्त हुने र गुरु पद्म लिला सम्भवको प्रार्थना गरेमा सबै प्रकारका बिघ्नबाधा समाप्त भई सुख शान्तिका साथै मनोकामना पुरा हुने विश्वास रहेको छ ।

कार्यक्रममा करिब ६० लाख बढी खर्च हुने आयोजकको अनुमान रहेको छ । गत वर्ष ६८ लाखभन्दा बढी खर्च भएको थियो । गत वर्ष स्टेज निर्माणमा करिब १० लाख खर्च भएको थियो । १० वर्षसम्मका लागि सोही क्षेत्रमा मन्त्रजप कार्यक्रम गर्ने गरि स्टेज लगायतको व्यवस्थापनमा खर्च भएको थियो । यस वर्षदेखि स्टेज व्यवस्थापनमा खर्च गरिरहनु नपर्ने भएकोले गत वर्षको तुलनामा कम खर्च हुने समितिका अध्यक्ष फुपु छेम्बे शेर्पा (थुप्देन जिग्डोल)ले बताउनुभयो । मन्त्रजप कार्यक्रमको व्यवस्थापनका लागि भक्तजनहरु मार्फत प्राप्त हुने दक्षिणा नै प्रमुख श्रोत हुने बताइएको छ ।

मन्त्रजप कार्यक्रममा बिहानको खाना व्यवस्थापन गर्न चाहनेका लागि ३५ हजार रुपियाँ, बेलुकाको व्यवस्थापन गर्न चाहनेका लागि ३० हजार रुपियाँ र एक दिनको लागि १ लाख १० हजार रुपियाँ दर निर्धारण गरिएको समितिका सचिव शेर्पाले बताउनुभयो ।

प्रकाशित मिति : 5:47 pm

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान