ताप्लेजुङको पाथीभरामा भइरहेको केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न सर्वोच्चको आदेश



ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माण भइरहेको कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरू यथास्थितिमा राख्न आदेश दिएको हो ।

केबलकार निर्माण कार्य रोक्नका लागि अन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तु प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका कारवाहीहरू यथास्थितिमा राख्न आदेश दिइएको छ । अन्तरिम आदेश जारी गर्ने, नगर्ने सन्दर्भमा छलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ ।

यता पाथीभरामा क्षेत्रमा केबलकार निर्माणको विरुद्धमा नो केबलकार समुहद्धारा विरोध हुँदै आएको छ । यसै सन्दर्भमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि गत माघ २२ गते गृह मन्त्रालयद्वारा वार्ता टोली गठन गरिएको थियो । फागुन ९ गते, फागुन १२ गते र चैत एक गते गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको थियो ।

यस्तै यसअघि वार्ता समन्वय समितिमात्रै बनाएको ‘नो केबुलकार समूह’ ले पनि खगेन्द्र फेम्बु लिम्बूको संयोजकत्वमा उच्चस्तरीय वार्ता समिति गठन गरेको छ । पाँच सदस्यीय वार्ता समितिको सदस्यमा श्रीप्रसाद लिंखिम, सरस्वता (सरु) सिंगक, धनराज लिम्बू र सन्तोष मेहता रहनुभएको छ । तर, वार्ता भने अझै हुन सकेको छैन ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आईतवार १३:०६

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा

ताप्लेजुङ गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने 

 ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा यो वर्ष गोल्डकपको

वाइसिएल फक्ताङ्लुङ कमिटी अध्यक्षमा मिराक लिम्बू

ताप्लेजुङ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी

ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले स्मार्ट फोन पाउने

ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले