नेकपा माओवादी केन्द्र मेरिङदेन गाउँपालिका कमिटीको अध्यक्षमा पुन लिम्बू



ताप्लेजुङ । नेकपा माओवादी केन्द्र मेरिङदेन गाउँपालिका कमिटीको अध्यक्षमा पुन सुजन लिम्बू चयन हुनु भएको छ । शनिबार सम्पन्न भएको पालिका कमिटीको तेश्रो अधिवेशनबाट लिम्बू पुन दोश्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो ।

कमिटीको उपाध्यक्षमा साम्याङ शेर्पा, विवेक लिम्बू र अमृता मगर, सचिवमा पासाङ शेर्पा, सहसचिवमा अनिषा बिक र अमृता मगर र कोषाध्यक्षमा प्रकाश नाल्बो सहित ४५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरिएको नेकपा माओवादी केन्द्र ताप्लेजुङले जनाएको छ ।

यस्तै अखिल नेपाल महिला संघ क्रान्तीकारी (अनेमसंघ) को पालिका कमिटीको अध्यक्षमा मनकुमारी थोप्रा सर्वसम्मत चयन हुनु भएको छ । थोप्राको अध्यक्षतामा २३ सदस्यीय पालिका कमिटी सर्वसम्मन चयन गरिएको बताइएको छ । कमिटीको उपाध्यक्षमा संगिता पालुङवा शेर्पा, सुमिना शेर्पा, सचिवमा संगिता केदेम, सहसचिवमा विपना लङवा र कोषाध्यक्षमा अनिसा बराइली चयन हुनु भएको छ ।

यसैबीच शनिबार नै सम्पन्न भएको दलित राष्ट्रिय मुक्ति मोर्चाको पालिका कमिटीको अध्यक्षमा रोदन लोहार चयन हुनु भएको छ । लोहार अध्यक्ष रहेको १५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरिएको पार्टीले जनाएको छ । कमिटीको उपाध्यक्षमा सुनिता बराइली, जमुना लोहार, सचिबमा शर्मिला गहतराज, सहसचिवमा सुमिना बराइली र कोषाध्यक्षमा सुकराज गहतराज सर्वसम्मत चयन हुनु भएको वाईसीएल नेपाल ताप्लेजुङका अध्यक्ष कैलाश माबो लिम्बूले जानकारी दिनुभयो ।

पालिका अधिवेशन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय मिङमाडण्डु शेर्पा, पर्शु कार्की, ताप्लेजुङ संयोजक बिष्णुकुमार लिम्बू लगायतको उपस्थितिमा सम्पन्न भएको छ ।

अधिवेशनबाट सर्वसम्मत पालिका कमिटीमा चयन भएका पदाधिकारी तथा सदस्यहरू । तस्बिर स् साहारा लिम्बू

प्रकाशित मिति : १६ चैत्र २०८१, आईतवार १०:३९

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा

ताप्लेजुङ गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने 

 ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा यो वर्ष गोल्डकपको

वाइसिएल फक्ताङ्लुङ कमिटी अध्यक्षमा मिराक लिम्बू

ताप्लेजुङ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी

ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले स्मार्ट फोन पाउने

ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले