नेकपा माओवादी केन्द्र मेरिङदेन गाउँपालिका कमिटीको अध्यक्षमा पुन लिम्बू



ताप्लेजुङ । नेकपा माओवादी केन्द्र मेरिङदेन गाउँपालिका कमिटीको अध्यक्षमा पुन सुजन लिम्बू चयन हुनु भएको छ । शनिबार सम्पन्न भएको पालिका कमिटीको तेश्रो अधिवेशनबाट लिम्बू पुन दोश्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो ।

कमिटीको उपाध्यक्षमा साम्याङ शेर्पा, विवेक लिम्बू र अमृता मगर, सचिवमा पासाङ शेर्पा, सहसचिवमा अनिषा बिक र अमृता मगर र कोषाध्यक्षमा प्रकाश नाल्बो सहित ४५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरिएको नेकपा माओवादी केन्द्र ताप्लेजुङले जनाएको छ ।

यस्तै अखिल नेपाल महिला संघ क्रान्तीकारी (अनेमसंघ) को पालिका कमिटीको अध्यक्षमा मनकुमारी थोप्रा सर्वसम्मत चयन हुनु भएको छ । थोप्राको अध्यक्षतामा २३ सदस्यीय पालिका कमिटी सर्वसम्मन चयन गरिएको बताइएको छ । कमिटीको उपाध्यक्षमा संगिता पालुङवा शेर्पा, सुमिना शेर्पा, सचिवमा संगिता केदेम, सहसचिवमा विपना लङवा र कोषाध्यक्षमा अनिसा बराइली चयन हुनु भएको छ ।

यसैबीच शनिबार नै सम्पन्न भएको दलित राष्ट्रिय मुक्ति मोर्चाको पालिका कमिटीको अध्यक्षमा रोदन लोहार चयन हुनु भएको छ । लोहार अध्यक्ष रहेको १५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरिएको पार्टीले जनाएको छ । कमिटीको उपाध्यक्षमा सुनिता बराइली, जमुना लोहार, सचिबमा शर्मिला गहतराज, सहसचिवमा सुमिना बराइली र कोषाध्यक्षमा सुकराज गहतराज सर्वसम्मत चयन हुनु भएको वाईसीएल नेपाल ताप्लेजुङका अध्यक्ष कैलाश माबो लिम्बूले जानकारी दिनुभयो ।

पालिका अधिवेशन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय मिङमाडण्डु शेर्पा, पर्शु कार्की, ताप्लेजुङ संयोजक बिष्णुकुमार लिम्बू लगायतको उपस्थितिमा सम्पन्न भएको छ ।

अधिवेशनबाट सर्वसम्मत पालिका कमिटीमा चयन भएका पदाधिकारी तथा सदस्यहरू । तस्बिर स् साहारा लिम्बू

प्रकाशित मिति : 10:39 am

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ