मिक्वाखोलाको दलैँचामा सडक पुगेपछि स्थानीय खुसी




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मिक्वाखोला गाउँपालिका वडा ४ दलैचामा सडक सञ्जाल जोडिएको छ । निर्माणाधीन अप्पर मेवा हाईड्रो र पालिकाको संयुक्त पहलमा सडक सञ्जाल पु¥याईएको हो । पालिका अध्यक्ष भक्त बहादुर कार्कीका अनुसार साविक साँबा गाउँविकास समितीको वडा नं. १ दलैचा एकदमै विकट ठाउँ रहेको र स्थानीयले सास्ती खेपी रहेको अवस्थामा स्थानीयको सहजताको लागि सडक पु¥याईएको हो ।

अप्पर मेवा हाईड्रो र पालिकाको संयुक्त रुपमा करिब डेढ करोड रुपैँयाको लागतमा दलैँचामा सडक पु¥याई सकेपछि पालिकाका सबै गाउँमा सडक सञ्जाल पुगेको पालिका अध्यक्ष कार्कीको भनाई छ । सडक पुगेसँगै स्थानीयबासी भने खुसि भएका छन् । शनिबार पालिका अध्यक्ष कार्की सहित वडा न .४ का वडा सदस्य सुर्य लिम्बू, फुपुतेन्जि शेर्पा सहित हाईड्रोपावरका प्रतिनिधि र दलैचाबासिहरुले खुसियाली साटासाट गरेका छन् ।

यसैबिच दलैँचा आधारभुत विद्यालयका शिक्षक अम्बर साँबाले सडक पुगेकोमा खुसी व्यक्त गर्नुभयो । यस अघि यसै वर्ष पालिको विकट गाउँहरु सिम्बुक, किलिङ र काँडेमा सडक पु¥याईएको थियो ।

प्रकाशित मिति : 10:30 am

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान