हराएको ५ लाखबढीको सामाग्री सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण




रेडियो काबेली
ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले काठमाडौंबाट हराएको ५ लाख बढीको विद्युतीय सामाग्री खोजी गरि हस्तान्तरण गरेको छ । काठमाडौंको टोखा नगरपालिका वडा नं.१ गोंगबुका राम बहादुर तामाङको गत चैत्र ३ गते हराएको उक्त मुल्यको सामाग्री बिहिबार हस्तान्तरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार तामाङको डेल कम्पनी ल्याप्टप एक थान, आईफो १६ प्रोम्याक्स र सामसुङ कम्पनीको एस २४ अल्ट्रा स्मार्ट फोन एक थान जिल्लाको सिरिजंघा गाउँपालिका क्षेत्रमा प्रयोग भई रहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिई उक्त सामाग्री फेला पारेको थियो । उक्त सामाग्री तामाङको भतिजो रामेछाप सुनपाती गाउँपालिका वडा नं. ३ बस्ने सुरेन्द्र मोक्तानलाई हस्तान्तरण गरिएको प्रहरी नायव उपरीक्षक रावलको भनाई छ ।

प्रकाशित मिति : 10:14 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम