मेरीङदेनमा नागरीक सुनुवाई तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको मेरिङदेन गाउँपालिकामा शुक्रबार नागरीक सुनुवाई तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा एवं जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पालिका अध्यक्ष युक हाङ बिर हाङ्गाम (डम्बर)को अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले मानसिक तनाव (डिप्रेशन) लाई व्यवस्थापन गर्ने उपायहरु साथै लागु औषध दुव्र्यसनी बिरुद्ध सचेतनामुलक प्रस्तुतीकरण गर्नुभएको थियो ।

साथै डिभिजन वन कार्यालय ताप्लेजुङबाट आगलागी र वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी पर्चा, र आत्महत्या न्युनिकरण अभियान समिती ताप्लेजुङबाट तयार गरिएको पर्चा समेत वितरण गरिएको थियो । कार्यक्रममा पालिका अध्यक्ष सहित उपाध्यक्ष दुर्गा प्रसाद चोङबाङ, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावल, सशस्त्र प्रहरी बल नेपाल नं.१ गुल्म हेड क्वाटर कञ्चनजङघा ताप्लेजुङका सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जन, जन प्रतिनीधि, राजनीति दलका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : 10:09 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा