पत्रकार महासङ्घ ताप्लेजुङले गर्‍यो श्रद्धाञ्जली सहितको विरोध कार्यक्रम 



ताप्लेजुङ । काठमाडौंमा पूर्वराजा समर्थकको प्रदर्शनका क्रममा सञ्चारकर्मी माथि भएको आक्रमण र रिपोर्टिङका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको घटनाका दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले श्रद्धाञ्जली सहितको विरोध कार्यक्रम गरेको छ ।

विहीबार पत्रकार महासङ्घ ताप्लेजुङले उक्त घटनाका दोषीलाई छानबिन गरि कानुनी कारबाही गर्न माग गर्दै श्रद्धाञ्जली सहितको विरोध कार्यक्रम गरेको हो । हिजो तीनकुनेमा भएको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।

साथै केही सञ्चारगृहमा तोडफोडसमेत भएको थियो । ज्यान गुमाएका पत्रकार रजक प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार १८:१२

ताप्लेजुङमा पनि बिहिबार बिहान ६ बजेसम्म कफ्र्यू जारी

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

सिदिङ्वा गाउँपालिका कार्यालय तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ ।

मैवाखोलामा पहिरोमा पुरिएर दुईको मृत्यु, तीन घाइते

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर दुई जनाको मृत्यु

मैवाखोलामा पहिरोले दुई घर पु¥यो, दुई वेपत्ता

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा पहिरो खस्दा दुई घर

ताप्लेजुङमा नगरपालिका र तीन पार्टी कार्यालयमा तोडफोड

रेडियो काबेलीताप्लेजुङ । आन्दोलनरत समूहले फुङलिङ नगरपालिकामा तोडफोड र आगजनी