सुकेटार विमान स्थलमा साढे तीन महिनापछि आएको जहाज अवतरण हुन सकेन



ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमान स्थलमा साढे तीन महिनापछि आएको जहाज अवतरण हुन सकेन । मौसम प्रतिकुलताका कारण ट्विनअटर जहाज अवतरण हुन नसकेपछि पुन काठमाडौँ फर्किएको छ ।

नेपाल वायु सेवा निगमको दुई वटा जहाज ग्राउन्डेड भएपछि साढे तीन महिनादेखि सुकेटार विमान स्थलमा हवाई उडान ठप्प भएको थियो । एउटा जहाजको मर्मत सम्पन्न भएपछि आजदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान तालिका तय भएको थियो ।

जसअन्तर्गत काठमाडौँबाट १० जना यात्रु लिएर आएको जहाज अवतरण हुन नसकेपछि आकाशमै केही समय होल्ड भएको थियो । होल्ड गरेपनि मौसममा सुधार हुने सम्भावना न्युन देखिएपछि जहाज पुन काठमाडौँ फकिएको नेपाल वायु सेवा निगम ताप्लेजुङ स्टेसनका कर्मचारी कुमार गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार ताप्लेजुङबाट काठमाडौँ जान टिकट लिएका चार जना यात्रु घण्टौसम्मको पर्खाइपछि पुन घर फर्कन बाध्य भएका छन् । पाथीभरा याङवरक गाउँपालिका ३ तिरिङगेका ६० वर्षीया कमलादेवी विष्ट नसासम्बन्धी उपचारका लागि काठमाडौँ जाने तयारीमा हुनुहुन्थ्यो । तर जहाज अवतरण हुन नसकेपछि उहाँ गाडीकै माध्यमबाट जान बाध्य हुनु भएको छ ।

समयमै उपचारका लागि पुग्नु पर्ने बाध्यता भएकाले गाडीको टिकट समेत लिइसके उहाँले बताउनुभयो । गाडीमा लामो बाटोको यात्रा गर्दा वृद्धवृद्धालाई सकस पर्ने भए पनि बाध्यताले जानुपरेको उहाँ सुनाउनुहुन्छ । जहाजको पर्खाइमा बसेका उहाँसँगै हिदिङबा दाहाल, पार्वती खत्री र पुर्ण गुरुङ जहाज अवतरण नभएपछि निराश हुँदै विमानस्थलबाट फर्कनु भएको छ ।

आगामी उडान शनिबारका लागि मात्रै तय भएको छ । तत्कालका लागि हाल सातामा एक दिन शनिबार मात्रै उडान तय भएको छ । वैशाखपछि साताको अन्य दिन समेत उडान तालिका थप गर्ने योजनामा रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार १७:५६

ताप्लेजुङमा विभिन्न घटनमा चार जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनको अवधीमा चार जना पक्राउ परेका

ताप्लेजुङमा चालकको चक्कु प्रहारले सहचालक घाईते

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक चालकले

भाइको हत्या अभियोगमा दाजु पक्राउ

ताप्लजुङ । ताप्लेजुङमा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा