सुकेटार विमान स्थलमा साढे तीन महिनापछि आएको जहाज अवतरण हुन सकेन



ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमान स्थलमा साढे तीन महिनापछि आएको जहाज अवतरण हुन सकेन । मौसम प्रतिकुलताका कारण ट्विनअटर जहाज अवतरण हुन नसकेपछि पुन काठमाडौँ फर्किएको छ ।

नेपाल वायु सेवा निगमको दुई वटा जहाज ग्राउन्डेड भएपछि साढे तीन महिनादेखि सुकेटार विमान स्थलमा हवाई उडान ठप्प भएको थियो । एउटा जहाजको मर्मत सम्पन्न भएपछि आजदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान तालिका तय भएको थियो ।

जसअन्तर्गत काठमाडौँबाट १० जना यात्रु लिएर आएको जहाज अवतरण हुन नसकेपछि आकाशमै केही समय होल्ड भएको थियो । होल्ड गरेपनि मौसममा सुधार हुने सम्भावना न्युन देखिएपछि जहाज पुन काठमाडौँ फकिएको नेपाल वायु सेवा निगम ताप्लेजुङ स्टेसनका कर्मचारी कुमार गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार ताप्लेजुङबाट काठमाडौँ जान टिकट लिएका चार जना यात्रु घण्टौसम्मको पर्खाइपछि पुन घर फर्कन बाध्य भएका छन् । पाथीभरा याङवरक गाउँपालिका ३ तिरिङगेका ६० वर्षीया कमलादेवी विष्ट नसासम्बन्धी उपचारका लागि काठमाडौँ जाने तयारीमा हुनुहुन्थ्यो । तर जहाज अवतरण हुन नसकेपछि उहाँ गाडीकै माध्यमबाट जान बाध्य हुनु भएको छ ।

समयमै उपचारका लागि पुग्नु पर्ने बाध्यता भएकाले गाडीको टिकट समेत लिइसके उहाँले बताउनुभयो । गाडीमा लामो बाटोको यात्रा गर्दा वृद्धवृद्धालाई सकस पर्ने भए पनि बाध्यताले जानुपरेको उहाँ सुनाउनुहुन्छ । जहाजको पर्खाइमा बसेका उहाँसँगै हिदिङबा दाहाल, पार्वती खत्री र पुर्ण गुरुङ जहाज अवतरण नभएपछि निराश हुँदै विमानस्थलबाट फर्कनु भएको छ ।

आगामी उडान शनिबारका लागि मात्रै तय भएको छ । तत्कालका लागि हाल सातामा एक दिन शनिबार मात्रै उडान तय भएको छ । वैशाखपछि साताको अन्य दिन समेत उडान तालिका थप गर्ने योजनामा रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : 5:56 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर