९ स्थानीय तहको न्यायिक सम्पादनमा एक रूपता ल्याउने उद्देश्यले कार्यविधि बनाउने कार्य सुरु



ताप्लेजुङ । ताप्लेजुङका ९ ओटै स्थानीय तहको न्यायिक सम्पादनमा एक रूपता ल्याउने उद्देश्यले न्यायिक कार्यविधि बनाउने कार्य सुरु भएको छ । जिल्लाको सदरमुकाम फुङ्लिङमा सबै स्थानीय तहका न्यायिक समितिका संयोजक, सदस्य सचिव र सदस्यको उपस्थितिमा न्यायिक कार्यविधि तयार पार्ने २ दिने गोष्ठी सुरु भएको हो ।

हाल सम्बन्धित पालिकाका नागरिकको मात्र मुद्दा हेर्न पाउने अधिकार न्यायिक समितिका संयोजकलाई रहेको छ । गोष्ठीबाट आफ्ना पालिकामा भएका अन्य पालिकाका पीडितलाई सम्बन्धित पालिकाको न्यायिक समिति सँग समन्वय गर्ने गरि कार्यविधि तयार पार्ने गरि गोष्‍ठीको सुरुवात गरिएको न्यायिक समिति जिल्ला सञ्जालका संयोजक भिमा देवी ओझाले जानकारी दिनु भयो ।

गोष्ठीमा स्थानीय तहले न्यायिक क्षेत्रमा हाल सम्म गरेका कार्यहरूको समीक्षा, चुनौतीको विषयमा बहस लगायतका छलफल गरिएको छ । कार्यविधि तयारी गोष्ठीको सहजीकरण मानव अधिकार मञ्च नेपालले गरेको छ । मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता देवेन्द्र विश्वकर्मा, बरिष्ठ अधिवक्ता जस बहादुर लुङ्गेली र सहजकर्ता मनकुमार बराइलीले सहजिकरणको भूमिका निर्वाह गर्नु भएको छ ।

प्रकाशित मिति : 9:47 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको