वडा सदस्यको निधन पछि फक्ताङलुङ गाउँपालिकाले शोक बिदा दिने



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आइतबार शोक बिदा दिने भएको छ । फक्ताङलुङ गाउँपालिका वडा नं. ४ का वडा सदस्यको निधन भएकोले आइतबार एक दिन शोक बिदा दिनेभएको हो ।

गाउँपालिकाले एक शोक विज्ञप्ति जारी गर्दै वडा नं. ४ का दलित सदस्य दिलमाया विकको निधन भएकोले शोक बिदा दिने भएको जनाएको छ । यो सँगै आइतबार गाउँपालिका कार्यालय, मातहतका सम्पूर्ण कार्यालय, सङ्घ संस्था, बैँक वित्तिय संस्था तथा शैक्षिक संस्थाहरू बन्द हुने गाउँपालिका अध्यक्ष राजन लिम्बू मुत्तिले जानकारी दिनुभएको छ । 

गाउँपालिकाले शालीन तथा कुशल जनप्रतिनिधि गुमाएको भन्दै दुःख व्यक्त गरेको छ । वडा सदस्य विकको चैत १५ गते शुक्रबार निधन भएको हो ।


 

प्रकाशित मिति : 9:39 pm

अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप

ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची

ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका

ताप्लेजुङमा मनाइयो महागुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा