वडा सदस्यको निधन पछि फक्ताङलुङ गाउँपालिकाले शोक बिदा दिने



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आइतबार शोक बिदा दिने भएको छ । फक्ताङलुङ गाउँपालिका वडा नं. ४ का वडा सदस्यको निधन भएकोले आइतबार एक दिन शोक बिदा दिनेभएको हो ।

गाउँपालिकाले एक शोक विज्ञप्ति जारी गर्दै वडा नं. ४ का दलित सदस्य दिलमाया विकको निधन भएकोले शोक बिदा दिने भएको जनाएको छ । यो सँगै आइतबार गाउँपालिका कार्यालय, मातहतका सम्पूर्ण कार्यालय, सङ्घ संस्था, बैँक वित्तिय संस्था तथा शैक्षिक संस्थाहरू बन्द हुने गाउँपालिका अध्यक्ष राजन लिम्बू मुत्तिले जानकारी दिनुभएको छ । 

गाउँपालिकाले शालीन तथा कुशल जनप्रतिनिधि गुमाएको भन्दै दुःख व्यक्त गरेको छ । वडा सदस्य विकको चैत १५ गते शुक्रबार निधन भएको हो ।


 

प्रकाशित मिति : 9:39 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर