खोक्लिङमा तीन दिने पुर्नताजकी तालिम सुरु



ताप्लेजुङ  । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं. २ खोक्लिङमा शुक्रबारबाट उद्‍घोषण तथा भाषणकला सम्बन्धी तीन दिने पुर्नताजकी तालिम सुरु भएको छ । मिक्वाखोला गाउँपालिका र पालिकाको वडा नं. २ को आर्थिक सहयोगमा सगरमाथा महिला विकास समितिले तालिमको आयोजना गरेको हो । 

तालिमको उद्‌घाटन गर्दै मिक्वाखोला गाउँपालिका वडा नं. २ का वडाध्यक्ष झरेन्द्र प्रसाद थापाले यसअघि प्राप्त ज्ञान सीपको सरलीकरणका लागि तालिमले ठूलो सहयोग पुऱ्याउने बताउनुभयो । कार्यक्रममा मिक्वाखोला गाउँपालिका वडा नं. २ का वडा सचिव गुणराज सिग्देलले मानव जीवनमा अति उपयोगी ठानिएको तालिमबाट प्राप्त सीपको उचित उपयोगमा सहभागीले प्रभावकारी ध्यान दिने बताउनुभयो । 

कार्यक्रममा आयोजक सगरमाथा महिला विकास समितिका उपाध्यक्ष तारादेवी बस्नेत थापा तथा सचिव बिष्णुमाया राई (बिपना बियोगी) ले तालिमको महत्व र आयोजनाको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । तालिमको सहजीकरण पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीले सहजीकरण गर्नुहुने आयोजक सगरमाथा महिला विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : 4:30 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा