खोक्लिङमा तीन दिने पुर्नताजकी तालिम सुरु



ताप्लेजुङ  । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं. २ खोक्लिङमा शुक्रबारबाट उद्‍घोषण तथा भाषणकला सम्बन्धी तीन दिने पुर्नताजकी तालिम सुरु भएको छ । मिक्वाखोला गाउँपालिका र पालिकाको वडा नं. २ को आर्थिक सहयोगमा सगरमाथा महिला विकास समितिले तालिमको आयोजना गरेको हो । 

तालिमको उद्‌घाटन गर्दै मिक्वाखोला गाउँपालिका वडा नं. २ का वडाध्यक्ष झरेन्द्र प्रसाद थापाले यसअघि प्राप्त ज्ञान सीपको सरलीकरणका लागि तालिमले ठूलो सहयोग पुऱ्याउने बताउनुभयो । कार्यक्रममा मिक्वाखोला गाउँपालिका वडा नं. २ का वडा सचिव गुणराज सिग्देलले मानव जीवनमा अति उपयोगी ठानिएको तालिमबाट प्राप्त सीपको उचित उपयोगमा सहभागीले प्रभावकारी ध्यान दिने बताउनुभयो । 

कार्यक्रममा आयोजक सगरमाथा महिला विकास समितिका उपाध्यक्ष तारादेवी बस्नेत थापा तथा सचिव बिष्णुमाया राई (बिपना बियोगी) ले तालिमको महत्व र आयोजनाको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । तालिमको सहजीकरण पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीले सहजीकरण गर्नुहुने आयोजक सगरमाथा महिला विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : 4:30 pm

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी