नयाँ वर्षको अवसरमा गुराँसे पोखरीमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने



ताप्लेजुङ । नयाँ वर्ष २०८२ को अवसरमा मेरिङदेन गाउँपालिकाको वडा नं.२ गुराँसे पोखरीमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । गुराँसे पोखरी पर्यटन प्रवद्र्धन तथा खेलकुद प्रतियोगीता २०८२ अन्तरगत वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता र महिला सदस्य कप भलिबल प्रतियोगिता आगामी वैशाख १ गतेदेखी हुने भएको हो । प्रतियोगिता खुल्ला वडा स्तरीय हुने बताईएको छ ।

पुरुष भलिबलतर्फ प्रथम र द्धितियले क्रमश नगद १ लाख ५० र ९० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै महिला भलिबलतर्फ प्रथम र द्धितियले क्रमश ८० हजार र ६० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबलका साथमा खुल्ला व्याडमिन्टन डबल प्रतियोगिता समेत हुनेछ । सो प्रतियोगिताको प्रथम र द्धितियले क्रमश नगद ७ हजार र ५ हजार रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेल प्रतियोगिताका साथमा लिम्बु संस्कृतिमा आधारित धाननाच र शेर्पा संस्कृतिमा आधारित स्याब्रु नृत्य प्रतियोगिता समेत हुनेछ । दुबै प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश समान पुरस्कार नगद ७ हजार, ५ हजार र ३ हजार रुपैँया सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

गुराँसे पोखरी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै स्थानीय कला संस्कृतिको प्रचार प्रसार गर्ने उद्धेश्यले पोखरी भएको स्थानमा नै प्रतियोगिताको आयोजना गरिएको वडा नं. २ सान्थाक्राका अध्यक्ष तेज कुमार चोङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता वडा कार्यालयको आयोजनामा हुन लागेको हो ।

२०८२ वैशाख १ गतेदेखी हुने प्रतियोगिता ४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : 2:34 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि