नयाँ वर्षको अवसरमा गुराँसे पोखरीमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने



ताप्लेजुङ । नयाँ वर्ष २०८२ को अवसरमा मेरिङदेन गाउँपालिकाको वडा नं.२ गुराँसे पोखरीमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । गुराँसे पोखरी पर्यटन प्रवद्र्धन तथा खेलकुद प्रतियोगीता २०८२ अन्तरगत वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता र महिला सदस्य कप भलिबल प्रतियोगिता आगामी वैशाख १ गतेदेखी हुने भएको हो । प्रतियोगिता खुल्ला वडा स्तरीय हुने बताईएको छ ।

पुरुष भलिबलतर्फ प्रथम र द्धितियले क्रमश नगद १ लाख ५० र ९० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै महिला भलिबलतर्फ प्रथम र द्धितियले क्रमश ८० हजार र ६० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबलका साथमा खुल्ला व्याडमिन्टन डबल प्रतियोगिता समेत हुनेछ । सो प्रतियोगिताको प्रथम र द्धितियले क्रमश नगद ७ हजार र ५ हजार रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

खेल प्रतियोगिताका साथमा लिम्बु संस्कृतिमा आधारित धाननाच र शेर्पा संस्कृतिमा आधारित स्याब्रु नृत्य प्रतियोगिता समेत हुनेछ । दुबै प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश समान पुरस्कार नगद ७ हजार, ५ हजार र ३ हजार रुपैँया सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

गुराँसे पोखरी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै स्थानीय कला संस्कृतिको प्रचार प्रसार गर्ने उद्धेश्यले पोखरी भएको स्थानमा नै प्रतियोगिताको आयोजना गरिएको वडा नं. २ सान्थाक्राका अध्यक्ष तेज कुमार चोङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता वडा कार्यालयको आयोजनामा हुन लागेको हो ।

२०८२ वैशाख १ गतेदेखी हुने प्रतियोगिता ४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार १४:३४

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा

ताप्लेजुङ गोल्डकपको आकृति भानु जन माध्यमिक विद्यालयले बनाउने 

 ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा यो वर्ष गोल्डकपको

वाइसिएल फक्ताङ्लुङ कमिटी अध्यक्षमा मिराक लिम्बू

ताप्लेजुङ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी

ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले स्मार्ट फोन पाउने

ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा टिकट काट्ने दर्शकले