विकास गौतमको अध्यक्षतामा उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको नयाँ नेतृत्व सर्वसम्मत चयन



ताप्लेजुङ । उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । आगामी तिन वर्ष सम्मका लागि विकास गौतमको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

जसमा प्रथम उपाध्यक्षमा शान्ति मादेन, द्वितीय उपाध्यक्षमा सोजित श्रेष्ठ र तृतीय उपाध्यक्षमा रुपक घिमिरे चयन हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ । महासचिवमा कमल लिम्बू, सचिवमा खेमराज केसी, कोषाध्यक्षमा युवराज महतारा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा पुण्य प्रसाद आचार्य, तेज बहादुर भट्टराई, गायत्री भण्डारी, लोचन भण्डारी, युवराज बराल, हरि प्रसाद ओझा, तेज कुमार सुनुवार (जङ्ग), दिनेश भट्टराई, सन्तोष भट्टराई, विकास हाङ्गाम, गणेश बिक र लिलाराज पौडेल चयन हुनुभएको छ ।

अध्यक्ष पदका आकाङ्क्षी दावा शेर्पालाई पहिलो बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनित गर्ने सहमति भए सँगै सर्व सहमत नेतृत्व चयन भएको हो । सङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्षलाई कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने निर्णय भएको छ ।

साथै अन्य सात जना सदस्यलाई पनि कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने सहमति भएको छ । जसमा सदस्यहरू भद्रबिर रेग्मी, रेवत श्रेष्ठ, भोला बराल, नन्द कुमार बानियाँ, हेमनाथ केसी, गीता भट्टराई र हरिचन्द्र पौडेल रहनुभएको छ ।

शुक्रबार हुने साधारण सभाको उद्‌घाटन कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामले गर्नुहुने भएको छ ।

प्रकाशित मिति : 5:57 pm

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

पश्चिमी वायुको प्रभाव-देशका अधिकांश पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश

मतदाता नामावलीमा १ लाखभन्दा बढी थपिए, जेन जीको सहभागिता अपेक्षा भन्दा न्यून

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम जारी राखेको

देउसी भैलोबाट संकलित रकमबाट प्रहरीले किन्यो मोटरसाइकल

पोखरा । पोखराको लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदामले तिहारमा खेलेको

काँकरभिट्टा नाकाबाट तीन अर्ब ३६ करोड बराबरको कृषिजन्य वस्तु निर्यात

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय