विकास गौतमको अध्यक्षतामा उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको नयाँ नेतृत्व सर्वसम्मत चयन



ताप्लेजुङ । उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । आगामी तिन वर्ष सम्मका लागि विकास गौतमको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

जसमा प्रथम उपाध्यक्षमा शान्ति मादेन, द्वितीय उपाध्यक्षमा सोजित श्रेष्ठ र तृतीय उपाध्यक्षमा रुपक घिमिरे चयन हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ । महासचिवमा कमल लिम्बू, सचिवमा खेमराज केसी, कोषाध्यक्षमा युवराज महतारा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा पुण्य प्रसाद आचार्य, तेज बहादुर भट्टराई, गायत्री भण्डारी, लोचन भण्डारी, युवराज बराल, हरि प्रसाद ओझा, तेज कुमार सुनुवार (जङ्ग), दिनेश भट्टराई, सन्तोष भट्टराई, विकास हाङ्गाम, गणेश बिक र लिलाराज पौडेल चयन हुनुभएको छ ।

अध्यक्ष पदका आकाङ्क्षी दावा शेर्पालाई पहिलो बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनित गर्ने सहमति भए सँगै सर्व सहमत नेतृत्व चयन भएको हो । सङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्षलाई कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने निर्णय भएको छ ।

साथै अन्य सात जना सदस्यलाई पनि कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने सहमति भएको छ । जसमा सदस्यहरू भद्रबिर रेग्मी, रेवत श्रेष्ठ, भोला बराल, नन्द कुमार बानियाँ, हेमनाथ केसी, गीता भट्टराई र हरिचन्द्र पौडेल रहनुभएको छ ।

शुक्रबार हुने साधारण सभाको उद्‌घाटन कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङगामले गर्नुहुने भएको छ ।

प्रकाशित मिति : 5:57 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन