अग्रगामी युवा क्लबको भाग्यशाली उपहार कार्यक्रम : प्रथम पुरस्कार बुलेट बाइक



ताप्लेजुङ । अग्रगामी युवा क्लब फुङलिङले भाग्यशाली उपहार कार्यक्रम सञ्चालन गर्ने भएको छ । नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा अग्रगामी युवा क्लबले उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।

उक्त कार्यक्रम मार्फत भाग्यशालीहरुका लागि २५ वटा विधाका पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कार ३५० सि. सि. क्लासिक रोयल इनफिल्ड बुलेट बाइक रहेको छ । यस्तै दोस्रा पुरस्कार १२५ सि. सि. डिइओ होण्डा स्कुटर रहेको छ भने, तेस्रो पुरस्कार एस ट्वान्टीफोर अल्ट्रा फोन रहेको छ ।

यस्तै अन्य विधाका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ । उक्त पुरस्कार प्राप्त गर्नका लागि एक हजार रुपियाँको टिकट काट्नु पर्ने हुन्छ । साथै भाग्यशाली छनोटको कार्यक्रम आगामी २०८२ साल बैशाख १ गते बिहान ९ बजेदेखि ११ बजे सम्म हुने क्लबको अध्यक्ष बिरेन्द्र थापाले जानकारी दिनुभएको छ । 

भाग्यशालीले प्राप्त गर्ने पुरस्कारहरुलाई बुधबारबाट फुङ्लिङ नगरपालिका वडा नं. ५ बिरेन्द्रचोकमा प्रदर्शनमा राखिएको छ । 

प्रकाशित मिति : 11:32 am

उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन 

ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी