साढे तीन महिनापछि सुकेटार विमानस्थलमा शनिबारबाट उडान हुँदै



ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान सञ्चालन हुने भएको छ । हवाई उडान ठप्प भएको करिब साढे तीन महिनापछि आगामी शनिबारबाट नियमित हवाई उडान सुरु हुने भएको हो ।

नेपाल वायु सेवा निगमसँग रहेको दुई ओटै जहाज ग्राउण्डेड भएपछि गत मङ्सिर २८ गतेदेखि ताप्लेजुङमा उडान अबरुद्द भएको थियो । पुष पहिलो साता काठमाडौंबाट जहाज उडे पनि खराब मौसमका कारण बीचबाटै फर्किएको थियो । तत्कालका लागि एउटा जहाजको मर्मत सम्पन्न भएकाले आगामी शनिबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्ने तयारी भइरहेको नेपाल वायु निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि शातामा एउटा उडान राखिएको छ । ताप्लेजुङ–काठमाडौंको भाडा दर ९ हजार २ सय ७० रुपियाँ निर्धारण गरिएको गुरुङको भनाई छ ।

जिल्लामा हवाई उडान सञ्चालन नहुँदा गाडीमा यात्रा गर्न नसक्ने वृद्धवृद्धाहरू, उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान चाहने नागरिकहरू प्रभावित भएका थिए । यस विमानस्थलबाट ताप्लेजुङ सहित पाँचथर तथा तेह्रथुमबाट समेत यात्रुहरूले आवतजावत गर्ने गरेका छन् ।

प्रकाशित मिति : 8:59 pm

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका