साढे तीन महिनापछि सुकेटार विमानस्थलमा शनिबारबाट उडान हुँदै



ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान सञ्चालन हुने भएको छ । हवाई उडान ठप्प भएको करिब साढे तीन महिनापछि आगामी शनिबारबाट नियमित हवाई उडान सुरु हुने भएको हो ।

नेपाल वायु सेवा निगमसँग रहेको दुई ओटै जहाज ग्राउण्डेड भएपछि गत मङ्सिर २८ गतेदेखि ताप्लेजुङमा उडान अबरुद्द भएको थियो । पुष पहिलो साता काठमाडौंबाट जहाज उडे पनि खराब मौसमका कारण बीचबाटै फर्किएको थियो । तत्कालका लागि एउटा जहाजको मर्मत सम्पन्न भएकाले आगामी शनिबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्ने तयारी भइरहेको नेपाल वायु निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि शातामा एउटा उडान राखिएको छ । ताप्लेजुङ–काठमाडौंको भाडा दर ९ हजार २ सय ७० रुपियाँ निर्धारण गरिएको गुरुङको भनाई छ ।

जिल्लामा हवाई उडान सञ्चालन नहुँदा गाडीमा यात्रा गर्न नसक्ने वृद्धवृद्धाहरू, उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान चाहने नागरिकहरू प्रभावित भएका थिए । यस विमानस्थलबाट ताप्लेजुङ सहित पाँचथर तथा तेह्रथुमबाट समेत यात्रुहरूले आवतजावत गर्ने गरेका छन् ।

प्रकाशित मिति : 8:59 pm

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान