आठराई त्रिवेणी गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दन्त उपहार



ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गरेको छ । गाउँपालिकाले पालिका भरिका ७० वर्षदेखि माथिका नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गरेको हो ।

गाउँपालिकाले फागुन ७ देखि ११ गतेसम्म प्रत्येक वडामा पुगेर ज्येष्ठ नागरिकको दाँतको नाप तथा आकार लिएको थियो । गाउँपालिकाले पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि इटहरी –६ सुनसरीको सहयोगमा ज्येष्ठ नागरिकको दाँतको आकार तथा नाप लिएको पालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक समिर प्रधानले बताउनुभयो । उहाँका अनुसार ५९ जनामध्ये ४१ जनाको पूर्ण रुपमा दाँतको नाप लिइएको थियो ।

आकार लिइएका ज्येष्ठ नागरिकको दाँत तयार भएर प्रदान गरिसकिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू ९दिपेन०ले जानकारी दिनुभएको छ । उहाँका अनुसार नागरिकको आकार अनुसारको दाँत तयार भएपछि उपलब्ध गराइएको हो ।

जनस्वास्थ्य निरीक्षक प्रधानका अनुसार १ नम्बर वडा निगुरादिनमा १५ जनाको दाँतको नाप लिइएको थियो । जसमध्ये १० जनाको पूर्ण रुपमा, ५ जनाको आंशिक रुपमा दाँत लगाइएको छ । वडा २ फूलबारीमा ८ जनाको पूर्ण रुपमा र ६ जनाको आंशिक रुपमा दाँत लगाउनेगरि नाप लिइएको थियो ।

त्यस्तै वडा नं ३ हाङपाङबाट ११ जनालाई पूर्ण रुपमा र ५ जनलाई आंशिक रुपमा दाँत लगाइ दिने गरि नाप लिइएको थियो । वडा नं ४ र ५ चाँगेबाट १२ जनाको पूर्ण रुपमा र २ जनाको आंशिक रुपमा दाँत लगाइ दिने गरि नाप लिइएको निरीक्षक प्रधानको भनाइ छ । सोही अनुसार उहाँहरूलाई दाँत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

दन्त प्राप्त गर्नु अघि र पछिका ज्येष्ठ नागरिक । तस्विर सौजन्य गाउँपालिका अध्यक्ष दिपेन पोमू

प्रकाशित मिति : 8:48 pm

ताप्लेजुङ गोल्ड कपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

ताप्लेजुङ, साउन १८ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई