आठराई त्रिवेणी गाउँपालिकाले दियो ज्येष्ठ नागरिकलाई दन्त उपहार



ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकाले ५९ जना ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गरेको छ । गाउँपालिकाले पालिका भरिका ७० वर्षदेखि माथिका नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गरेको हो ।

गाउँपालिकाले फागुन ७ देखि ११ गतेसम्म प्रत्येक वडामा पुगेर ज्येष्ठ नागरिकको दाँतको नाप तथा आकार लिएको थियो । गाउँपालिकाले पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि इटहरी –६ सुनसरीको सहयोगमा ज्येष्ठ नागरिकको दाँतको आकार तथा नाप लिएको पालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक समिर प्रधानले बताउनुभयो । उहाँका अनुसार ५९ जनामध्ये ४१ जनाको पूर्ण रुपमा दाँतको नाप लिइएको थियो ।

आकार लिइएका ज्येष्ठ नागरिकको दाँत तयार भएर प्रदान गरिसकिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू ९दिपेन०ले जानकारी दिनुभएको छ । उहाँका अनुसार नागरिकको आकार अनुसारको दाँत तयार भएपछि उपलब्ध गराइएको हो ।

जनस्वास्थ्य निरीक्षक प्रधानका अनुसार १ नम्बर वडा निगुरादिनमा १५ जनाको दाँतको नाप लिइएको थियो । जसमध्ये १० जनाको पूर्ण रुपमा, ५ जनाको आंशिक रुपमा दाँत लगाइएको छ । वडा २ फूलबारीमा ८ जनाको पूर्ण रुपमा र ६ जनाको आंशिक रुपमा दाँत लगाउनेगरि नाप लिइएको थियो ।

त्यस्तै वडा नं ३ हाङपाङबाट ११ जनालाई पूर्ण रुपमा र ५ जनलाई आंशिक रुपमा दाँत लगाइ दिने गरि नाप लिइएको थियो । वडा नं ४ र ५ चाँगेबाट १२ जनाको पूर्ण रुपमा र २ जनाको आंशिक रुपमा दाँत लगाइ दिने गरि नाप लिइएको निरीक्षक प्रधानको भनाइ छ । सोही अनुसार उहाँहरूलाई दाँत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

दन्त प्राप्त गर्नु अघि र पछिका ज्येष्ठ नागरिक । तस्विर सौजन्य गाउँपालिका अध्यक्ष दिपेन पोमू

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार २०:४८

ताप्लेजुुङका प्रहरी प्रमुुख रवि रावलको सरुवा

रेडियो काबेलीताप्लेजङु । जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका प्रहरी प्रमुख प्रहरी

रेडियो काबेलीका स्टेशन मेनेजर एलिना दियाली सम्मानित

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजङको फुङलिङ नगरपालिकामा सञ्चालित रेडियो काबेली ९५.८

कञ्चनजंघा गुल्मको स्थापना दिवसमा सशस्त्र प्रहरी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नं. १ गुल्म कञ्चजंघा

ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले

टीकाराम गौतम स्मृति प्रतिष्ठानद्धारा पत्रकार गुरुङ सहित तिन पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । टिकाराम गौतम स्मृति प्रतिष्ठानले पत्रकार देवराज गुरुङ