थुकिमाको एक घरमा आगलागी हुँदा छ लाखको क्षति



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. ५ सिङथापामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बङ्गुरको चारो पकाउन क्रममा आगलागी हुँदा सन्तोष तामाङको घर जलेर नष्ट भएको हो । 

घरमा कोही नभएको अवस्थामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार आगलागीबाट तामाङको दुईतले घर सँगै घर भित्र रहेको अन्नपात, भाँडा बर्तन, काठपात, सुनको रिङ आदी तोला, मोबाइल एक थान र नगद हजार जलेर नष्ट भएको छ ।

यस्तै नागरिकता एक थान जन्मदर्ता दुई थान पनि जलेर नष्ट भएको प्रहरी निरीक्षक बस्नेतको भनाई छ । आगलागीबाट ६ लाख बराबरको क्षति भएको छ । मानवीय तथा चौपायाको भने क्षति नभएको प्रहरीले जनाएको छ । 

आगो पूर्णरुपमा नियन्त्रणमा आएको र सन्तोष तामाङको परिवार आफ्न्तको घरमा बसिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको भनाई छ । 

प्रकाशित मिति : 6:16 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा