थुकिमाको एक घरमा आगलागी हुँदा छ लाखको क्षति



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. ५ सिङथापामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बङ्गुरको चारो पकाउन क्रममा आगलागी हुँदा सन्तोष तामाङको घर जलेर नष्ट भएको हो । 

घरमा कोही नभएको अवस्थामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार आगलागीबाट तामाङको दुईतले घर सँगै घर भित्र रहेको अन्नपात, भाँडा बर्तन, काठपात, सुनको रिङ आदी तोला, मोबाइल एक थान र नगद हजार जलेर नष्ट भएको छ ।

यस्तै नागरिकता एक थान जन्मदर्ता दुई थान पनि जलेर नष्ट भएको प्रहरी निरीक्षक बस्नेतको भनाई छ । आगलागीबाट ६ लाख बराबरको क्षति भएको छ । मानवीय तथा चौपायाको भने क्षति नभएको प्रहरीले जनाएको छ । 

आगो पूर्णरुपमा नियन्त्रणमा आएको र सन्तोष तामाङको परिवार आफ्न्तको घरमा बसिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको भनाई छ । 

प्रकाशित मिति : 6:16 am

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान