शैक्षिक गुणस्तर सुधार गर्न मैवाखोला गाउँपालिकाद्धारा मन्टेश्वरी तालिम



रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मैवाखोला गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकहरुलाई ६५ दिने मन्टेश्वरी तालिम प्रदान गरेको छ । व्यवसायिक प्रशिक्षण केन्द्र इटहरीको सहयोगमा गाउँपालिकाले पालिका भित्रका २६ जना बाल विकास केन्द्रका शिक्षकहरुलाई तालिम प्रदान गरेको हो ।


तालिमले आधारभूत तहबाटै विधार्थीहरुलाई सिकाउन शिक्षकहरुलाई सहजता प्रदान गर्ने पालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार उक्त तालिम सार्वजनिक शिक्षा सुधार अभियानअन्तर्गत आधारभूत तहको सिकाइ प्रभावकारी बनाउन गरिएको हो ।


उहाँले भन्नुभयो,“यो तालिमले आधारभूत तहबाटै विधार्थीहरुलाई सिकाउन सहयोग पुर्याउदै शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। आशा छ यहाँ तालिम लिएर जानुहुने सबै शिक्षकहरुले आफूले सिकेको ज्ञान नानिबाबुहरुलाई राम्रोसँग सिकाउनुहुनेछ ।” पालिकाले शैक्षिक गुणस्तर सुधार्न ५ वर्षे रणनीति बनाएर काम गरि रहेको छ भने यस अघि बृहत शैक्षिक सम्मेलन समेत सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : 2:39 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा